Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

 ‘भोको नबस्नुस्, श्रममा जुट्नुस्’

  • ६ वर्ष अगाडि

चिप्लेढुङ्गा, वैशाख ३१ गते । कास्कीका चार गाउँपालिकामध्येको एक अन्नपूर्ण गाउँपालिका प्राकृतिक रूपले सुन्दर गाउँपालिकाको रूपमा चिनिन्छ । विश्वकै उत्कृष्ट पदमार्गको रूपमा चिनिने अन्नपूर्ण पदमार्ग रहेको यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले होस् या भौगोलिक दृष्टिकोणले होस् केही पृथक मानिने गरेको छ । अहिले बन्दाबन्दीको समयमा पनि पृथक कामले आफ्नो पहिचानलाई स्थापित गराउन अभ्यस्त देखिन्छ ।

बन्दाबन्दीमा सबै गाउँपालिकाले राहत बाँडिरहँदा यस गाउँपालिकाले भने ‘सङ्कट टार्ने सकिने तर महासङ्कट टार्न नसकिने’ भन्दै राहत बाँड्ने काम तत्काल रोकेर, दीर्घकालीन विपद् न्यूनीकरणको योजनालाई जोड दिएको गाउँपालिलाका अध्यक्ष युवराज कुँवर बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सङ्कटको अवस्था छ, तर अझ महासङ्कट नजिकिँदै छ । यसबाट कसरी पार लगाउने भन्ने तयारीमा छौँ । विपन्न परिवारलाई अहिले राहतको सट्टा रोजगार दिएर आत्मनिर्भर बनाउने अभ्यासमा जुटेका छाँै । स्थानीय उत्पादनमा जोड दिएका छौँ ।”

उहाँले गाउँपालिकामा कोही भोको नहुने तर श्रमसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राहत होइन रोजगार दिएका छौँ । विकास निर्माणको कामका लागि स्थानीयवासी श्रममा जुट्नुभएको छ । बाटो ढलान, सिँढी बनाउने र आवश्यक अन्य पूर्वाधारमा विशेष जोड दिएका छाँै, स्थानीयवासीले अड्कलेर दिएको राहतभन्दा परिश्रम गरेर खान रुचाउनुभएको छ ।” उहाँले असहज परिस्थितिमा मजबुत हुने हो, दयनीय बन्ने होइन भन्दै गाउँपालिकाका जनतालाई मजबुत बनाउन चाहेको बताउनुभयो ।

कँुवरले स्थानीय उत्पादनमा जोड दिएर नगदेबालीका लागि बीउ बेर्ना उपलब्ध गराएको र स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्व मानिने कोदो उत्पादन र बिक्री वितरणलाई प्राथमिकतामा राखेको बताउनुभयो । राहत आवश्यक परे कोदो नै वितरण गर्ने योजनासहित गाउँपालिकाले हालसम्म करिब ५०० मुरी कोदो सङ्कलन गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत युवराज अधिकारीले कोरोना सङ्क्रमको उच्च जोखिमलाई ध्यान दिएर स्थानीयस्तरबाटै विकास निर्माणको काम भएको जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “गाउँपालिकाको ११ वटा वडामा बाटो निर्माणलगायत अन्य पूर्वाधारको काम भइरहेको छ । सबै स्थानीय जुटेका छन् । करिब ४०० देखि ५०० सम्मले रोजगार पाइरहेका छन् ।”

उक्त गाउँपालिका वडा नं २ का वडाध्यक्ष चुडामणि अधिकारीले वडाको करिब एक हजार १०० मिटर बाटोको ढलान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । एक करोड ६० लाखका विकास बजेटबाट वडा नं २ मा बाटो निर्माणको काम तीव्ररूपमा भएको उहाँको भनाइ छ । उहाँले दैनिक १५ देखि २० स्थानीय श्रममा जुटेको र राहतभन्दा काम दिएर स्वावलम्बी बनाउन पहल गरेको बताउनुभयो ।

काँडे अष्ट्रेलियन क्याम्प प्रितम देउराली बाटो निर्माण समितिका अध्यक्ष विकास गुरुङले रु ३० लाखको बजेटमा काम भइरहेको जानकारी दिनुभयो । “एक हजार ६१३ वर्ग किमीको बाटो निर्माण भइरहेको छ, १६५ मिटर सोलिङ, दुई हजार ८८ सिढीँ बनिरहेको छ । दैनिक २० देखि ३० स्थानीयवासी श्रममा जुट्नुभएको छ”, गुरुङले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com