नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार एकै दिन २६ जना नयाँ संक्रमित पुष्टी भएपछि अहिलेसम्म संक्रमित हुनेको संख्या २४३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार रुपन्देहीमा नौ जना पुरुष र तीन जना महिला, कपिलवस्तुका आठ जना पुरुष, पर्सा जिल्लाका दुई जना पुरुष र एक महिला तथा नवलपरासी जिल्लाका एक पुरुषमा नयाँ संक्रमण भेटिएको हो ।
आज दिउसोपनि कपिलवस्तुका एक र बाँकेका एक जनामा कोरोनाको संक्रमण देखिएको थियो ।