Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मिचिएको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जान सुझाव

  • ६ वर्ष अगाडि

काठमाडौं । भारतले मिचेको नेपाली भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ । भारतले पछिल्लोपटक चीनको मानसरोवर जाने बाटो बनाउँदा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूमि हडपेकाले फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत गुहार्नुको अर्काे विकल्प नभएको सीमाविद् तथा विज्ञको भनाइ छ । नेपाली शासक तथा प्रशासकको विगतदेखिकै असक्षमताका कारण भारतको हेपाहा प्रवृत्ति बढ्दै जाँदा सरकारले सडक निर्माणकार्य रोक्न नसकेको उनीहरूको तर्क छ ।

सीमाविद् हेमन्त सेढाईंले भारतीय पक्षले मिचिएको भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए । उनले ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई नक्सामा लिम्पियाधुरा नेपाली भूमि भएको उल्लेख हुनाले सो भूमि फिर्ता गर्न भारतले नमाने टिष्टादेखि काँगडासम्मको भूभाग नेपालकै दाबी गर्दै अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए ।
भारतले सन् १९९९ देखि सो बाटो बनाउन सुरु गरेको थियो । ‘जतिखेर भारतीय पक्षले बाटो खन्न नेपाली भूमिमा डोजर चलाउन थाल्यो, त्यतिबेला राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । तत्कालीन राजा र उनका सहयोगीले आफ्नै भूमिमा विदेशीले डोजर चलाउँदा पनि रोक्न कुनै पहल नै गरेनन्,’ सीमाविद् सेढाईंले भने । उनले भारतले त्यसपछि खण्डखण्ड गरेर ६ वटा प्रोजेक्टमार्फत सो बाटो खन्ने काम सम्पन्न गरेको बताए ।राजधानी दैनिक बाट 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

बागलुङले पायो दुई मन्त्री

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com