Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कोरोना सङ्क्रमित भेटिएको थिमिका १२ घरका २५ जनाको स्वाब सङ्कलन

  • ६ वर्ष अगाडि

भक्तपुर । मध्यपु्रथिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।

सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख २९ गते भक्तपुर आएर मध्यपुरथिमि शङ्खधर चोकस्थित भाडामा बस्ने एक नर्स साथीको कोठामा बसेकी २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नर्स बसेको घर र आसपासका अन्य घरमा बस्नेको आज स्वाब सङ्कलन गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाको बीरुदल गण सूर्यविनायकका गणपति कर्णेल शिव पौडेल, सशस्त्र प्रहरी दुवाकोट गणका प्रहरी उपरीक्षक विश्व भट्टराईसहितको संयुक्त सुरक्षा फौजको नेतृत्वमा भक्तपुर अस्पतालको चिकित्सकसहितको प्राविधिक टोली र आरएनए १६ ग्रुपका दुई सदस्यसहितको टोलीले आज स्वाब सङ्कलन गर्नुभएको हो ।

बीरदल गणका कर्णेल शिव पौडेलले नर्स बसेको घरमा बस्ने सबै १४ जनाको र बस्तीका ११ घरको ११ जनाको गरी २५ जनाको स्वाब सङ्कलन गरी लगिएको जानकारी दिनुभयो । सुनसरीको रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बसी ललितपुरको आरोग्य फाउण्डेसनमा कार्यरत महिलाको गत ३० गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब सङ्कलन गरी पिसिआर परीक्षणमा कोरोना सङ्क्रमित पाइएपछि २९ गते बास बसेको थिमिस्थित नर्सको कोठा र आसपासका क्षेत्रमा ३१ गते सिल गरिएको थियो । महिला अहिले टेकु अस्पतालको आइसोलेशनमा उपचारमा हुनुहुन्छ ।

सङ्क्रमित महिलासँगै बसेकी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने उहाँलाई भक्तपुर अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । थिमिको यो बस्तीमा १२ घरमा सिलबन्दी गरेर बाहिरका मानिस भित्र जान नदिने र भित्रका मानिसलाई बाहिर आउन नदिएको र यो बस्तीबाहेक शङ्खधर चोकबाट दक्षिण बाराही जाने मुख्य सडक, अरनिको राजमार्गको थिमि चोकको सर्भिस ट्र्याक र अन्य आसपास क्षेत्रका अन्य साना सडकमा पनि स्थानीयवासीले बास र्तेस्याएर प्रवेश निषेध टाँसेर आवतजावतमा रोक लगाएका छन् ।

स्वाब सङ्कलनमा आउनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा कोरोना सङ्क्रमित पाइएपछि यहाँको सबै बस्तीलाई सुरक्षित राख्न बस्तीमा नयाँ मान्छेलाई प्रवेश गर्नदेखि हिँडडुल गर्न पनि रोक लगाइएको बताउनुभयो ।

उहाँले कतिपय सडकमा स्थानीयवासीले आफ्नो बस्तीमा नयाँ मान्छे र सवारी साधन आउन नदिन बस्तीका स्वयंसेवकले बाटो बन्द गराएको बताउँदै नगरपालिकाले अरनिको राजमार्ग र पेप्सीकोला, सानोठिमी भक्तपुरको मूल सडकबाहेक अन्य भित्री सडक बन्द गराएको उहाँले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com