Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चिसो बढेपछि बेंसी झरेका भेडाका बथान लेक चढ्दै

  • ६ वर्ष अगाडि

लमजुङ । चिसो बढेपछि बेंसी झरेका भेडीगोठ पुनःजिल्लाको उच्च हिमाली क्षेत्र तथा लेक चढ्न थालेका छन् । गर्मी मौसम शुरु भएदेखि यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आआफ्ना भेडाका बथान लैजान थालेका हुन् ।

बेंसी झरेका जिल्लाका अधिकांश भेडीगोठ लकेतिर पुगिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । हिमाली भेगबाट चिसो छल्न बेँसी झरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेशाका रुपमा भेडीगोठलाई हेरिन्छ । बेंसीबाट एक महिनाअघि बेंसीबाट लेकतिर हिँडेको र यतिबेला लेक नजिक पुग्न लागेको भेडी गोठाला तथा भेडापालक आन्द्रे गुरुङले जानकारी दिनुभयो ।

उत्तर–पश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म पुग्ने उहाँको भनाइ छ । घलेगाउँको भेडीगोठ सो छाडा छल्न गाउँ आए पनि त्यहाँबाट अहिले लेकतिर भेडाबाख्रा चरणका लागि लेक उक्लिको भेडीगोठका गोठाला तथा घले गाउँका स्थानीय केशबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घलेगाउँको दुई वटा भेडीगोठ छन् । करिब एक हजार २०० वटा भेडाबाख्रा रहेको छ ।” लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुगेको उहाँको भनाइ छ । पसगाउँको भेडीगोठ त्यस्तै लमजुङ कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । त्यहाँको भेडीगोठ मनास्लु हिमालको फेदमा पुगेको भेडीगोठला कमल अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भेडीगोठमा करिब ३०० वटा भेडा रहेको छ । बेंसी झरेर गत फागुन महिनाबाट सो स्थान तर्फ नै भेडीगोठ उकालेको उहाँको भनाइ छ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुगेको छ ।” लेक पुगेका भेडीगोठ चिसो छलेर यतिबेला सबै भेडीगोठ हिमालको काख तथा लेकतिर पुगिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा रुपेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा सानो ठूलो गरेर करिब २०० वटा घुम्ती भेडीगोठ रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सो केन्द्रका अनुसार सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । ती भेडीगोठमा झण्डै ३० हजार भेडाबाख्रा रहेको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । भेडीगोठ छ महिना लेकमा र छ महिना बेंसीमा रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com