Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थाल्यो

  • ३ वर्ष अगाडि

सप्तरी ।लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा सङ्ख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ । हात्तीले घर भत्काई अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताउनुभयो । चार वर्ष अघि श्रीमतीको मृत्युपछि विश्वकर्मा घरमा एक्लै बस्दै आउनुभएको छ ।

रुपनी गाउँपालिका–६ मा हात्तीको समूहले बिहीबार राति दीपककुमार तामाङको घर भत्काएको छ । घर तोडफोड गरी खाद्यान्नलगायतका सामग्री नष्ट गरेपछि तामाङ परिवारको दैनिकी कष्टकर बनेको छ । मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको दीपककी श्रीमती हीराले बताउनुभयो । घर छाडेर भागेपछि हात्तीले चामल, मकै, पिठो, कोदो, सोलार, टिनको बाकस र घरसहित गरी रु दुई लाख बराबरको क्षति गरेको पीडितले बताउनुभयो । लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितहरु बताउँछन् ।

सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आङ्तक बढेको छ । आरक्षबाट आएको तीनवटा हात्तीको समूहले वैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो । अग्निसाइर कृष्ण सवरण गाउँपालिका–५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको थियो । वैशाखकै तेस्रो साता सोही गाउँपालिका–२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहँु, चामललगायतका खाद्यान्न खाएको थियो ।

दिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको छ । हात्तीले घर पनि भत्काएको र खाने सामग्रीसमेत नष्ट गरिदिएकाले एकैसाथ पेट भर्ने र ओत लाग्ने समस्या भएको विश्वकर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता

ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

तीनपटक म्याद थप : सकिएन बृहत् लिफ्ट आयोजना

ताजा समाचार

नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
नदी तर्न शुःल्क तिर्नुपर्ने बाध्यता
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
ठेकेदारको लापरवाहीका कारण बनेन अस्पताल भवन
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु
ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रेन्डिङ

सुनको मूल्य हालसम्मकै उच्च

दुई लघुवित्तले घोषणा गरे लाभांश

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki