Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइने

  • ६ वर्ष अगाडि

कञ्चनपुर । कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न सङ्घ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा अल्का मजगैंयालाई तोकिएको छ ।

यसैगरी जिल्लाका क्वारेन्टिनमा रहेका सात हजारभन्दा बढी व्यक्तिमध्ये मुटु रोगी आठ, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी एक, पाइल्स रोगी एक, हालै शल्यक्रिया गरेका २६, जन्डीसका बिरामी एक र ६० वर्षमाथिका नागरिक ९२ जना गरी २०० जना रहेका छन् । कोरोना भाइरसको उच्च जोखिममा रहेका ती व्यक्तिहरुको तत्काल आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टिन कार्यविधि २०७७ अनुसार होम क्वारेन्टिनमा पठाउने निर्णयसमेत गरिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि–आइसोलेशनमा थप स्वास्थ्योपचारको व्यवस्था मिलाइने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com