Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या १४४ पुग्यो

  • ६ वर्ष अगाडि

पोखरा, जेठ २७ गते । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४४ पुगेको जनाएको छ । पछिल्लो पटक गण्डकी प्रदेशको नवलपरासी पूर्वमा १२ जना, बागलुङमा १२ जना र म्याग्दीमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माकाका अनुसार नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुष, बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २१, २६ र २७ वर्षका पुरुष, बागलुङकै बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका पुरुष र म्याग्दीको बेनी नगरपालकाको क्वारेन्टाइनमा बसेका ४६ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अहिले संक्रमण पुष्टी भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । केही हप्तादेखि भारतबाट नेपाल भित्रिनेको संख्या बढ्दै गएपछि संक्रमितको संख्यापनि बढ्दै गएको छ । संक्रमण पुष्टी भएको सबैलाई जिल्ला अस्पतालको आइसुलेसनमा ल्याएर उपचार गर्ने प्रक्रिया सुरु भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com