काठमाडौँ ।नेपाली लोक साङ्गीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘बैनीको फुर्के रिबन ’ बजारमा सार्वजनिक भएको छ।
T.M Music Productionले सार्वजनिक गरेको गीतमा लोक दोहोरी गायक सुदिप रेग्मी र गायिका सुनिता बुढा छेत्रीको आवाजमा स्वर रहेको छ । गीतको शब्द मदन ढकालले कोरेका हुन भने तीर्थ खत्री को सङ्गीत रहेको छ । गीतमा गोविन्द विवश र लालन चमरियाको अभिनय रहेको छ । उक्त गीत यो समाचार प्रकाशित भएको समय सम्म १ हजार ३ सय असि जनाले हेर्नु भएको छ ।