Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

  • ४ हप्ता अगाडि

मुम्बई, ७ भदौं । जब बच्चन परिवारको कुरा आउँछ, अमिताभ, जया बच्चन, अभिषेक, श्वेता र ऐश्वर्याको मात्रै चर्चा हुन्छ।

अमिताभ पनि प्रायः आफ्नो परिवारका यी सदस्यहरू वा आफ्ना आमा र बुबाको बारेमा कुरा गर्छन्। तर, उनी कान्छो भाइ अजिताभको बारेमा निकै कम बोलेको देखिएको छैन् ।

उनले सामाजिक सञ्जालमा समेत उनको उल्लेख गर्दैनन्, जबकि अमिताभको फिल्मी करियरमा अजिताभले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । दुवैजना सधैं एक अर्काप्रति वफादार थिए तर अहिले एकअर्काबाट किन टाढा रहेका छन् भन्ने कसैले बुझ्न सकेनन् ।

उता, जया बच्चनको भाउजु रमोला बच्चनसँग पनि मनमुटाव भएको थियो । अब हामी यहाँ उनीहरुबीचको सम्बन्ध कस्तो छ र किन असहमति थियो भन्ने कुरा बताउने छौं ।

अमिताभ बच्चनलाई आज यो स्थानमा पुर्‍याउन उनका भाइ अजिताभको पनि ठूलो योगदान छ। अजिताभ अमिताभ बच्चनभन्दा ५ वर्ष कान्छा छन्, तर उनी कुनै समय उनको फिल्म म्यानेजर थिए। जब अमिताभ बच्चन कोलकातामा ९ देखि ५ कामको चक्करमा फसेका थिए, तब अजिताभले उनलाई फिल्ममा जान सल्लाह दिएका थिए ।

अजिताभ बच्चनले भाइ अमिताभलाई सल्लाह मात्र दिएनन्, उनलाई अभिनेता बनाउन कडा मेहनत पनि गरेका थिए । अजिताभले आफैंले अमिताभको तस्बिर खिचेर प्रतियोगितामा पठाए । यो कुरा अमिताभले  ‘कौन बनेगा करोडपति’ मा एकपटक खुलासा गरेका थिए ।

अमिताभले आफू र अजिताभ बाल्यकालमा एकअर्काका साथी भएको पनि बताएका थिए । आमा र बुवासँग पनि बाँड्न नसक्ने कुरा उनीहरु एकअर्कासँग सेयर गर्थे । र, जहिले पनि झगडा हुन्थ्यो, अजिताभ भाइले अमिताभलाई भन्थे कि ‘तिमीले मलाई जे भन्यौ, घरमा भन।’

अमिताभ र अजिताभ बाल्यकालदेखि नै नजिक थिए। अजिताभ बच्चनले २२ वर्षअघि  ‘रेडिफ’ लाई एक अन्तर्वार्तामा यी दुईबीचको सम्बन्ध कस्तो थियो भन्ने कुरा बताएका थिए । अजिताभले भनेका थिए, ‘हामी विद्यालयमा एकअर्काको ख्याल गर्थ्यौं तर, उमेरमा पाँच वर्षको अन्तर थियो, त्यसैले विद्यालयमा हामी एकअर्कालाई त्यति भेट हुदैनथ्यौ किनकी कक्षा फरक थियो, यद्दपी यति धेरै वर्षको भिन्नता भए पनि हामी असल साथी थियौं।’

स्कूल सकिएपछि अमिताभ बच्चन र अजिताभ बच्चन कोलकाता गए र त्यहाँ काम खोज्न थाले । यसपछि अमिताभ मुम्बई आए पछि अजिताभ भने लन्डनमा बस्न थाले । अजिताभ लन्डनमा भए पनि दाइ अमिताभसँग कहिल्यै दुरी थिएन । दुवै जना एकअर्कालाई भेट्न आउने जाने गर्दथे ।

अमिताभ आफैंले भाइ अजिताभका लागि केटी खोजेका थिए । उनले अजिताभको आफ्नो साथी रमोलासँग विवाह गराए । रमोलाले भनेकी थिइन् कि उनले अमिताभ बच्चनलाई अजिताभ भन्दा पहिले नै चिनेकी थिइन् र राखी बाँधि दिन्थिन् । दुबै असल साथी थिए । उनले अमिताभ मार्फत अजिताभलाई भेटे र त्यसपछि उनीहरुको विवाह भयो । विवाहपछि रमोला पति अजिताभसँग लण्डन बसिन् । तर, भाउजु जया बच्चन र भाउजु अमिताभसँग रमोला बच्चनको सम्बन्ध कायम रह्यो ।

तर, सन् १९८६ देखि १९८९ को बीचमा भएको ‘बोफोर्स घोटाला’ मा अमिताभ बच्चनको नाम तानिएपछि यो सम्बन्धमा दरार आएको थियो। अमिताभको अफेयरका कारण भाइ अजिताभको कम्पनी पनि निशानामा परेको थियो र त्यसको छानबिन भएको थियो।  अमिताभसँगै अजिताभको छवि पनि बिग्रन थाल्यो, यद्यपि, त्यो मुद्दाको २५ वर्षपछि अमिताभले ‘बोफोर्स घोटाला’ बाट क्लिन चिट पाए तर भाइ अजिताभसँगको सम्बन्धमा चिसोपन आइसकेको थियो ।

रमोला लण्डनबाट भारत फर्किए पछि पनि भाउजु जयाको घरमा पनि बसेनन् । उनी आफ्नै अपार्टमेन्टमा बस्ने गर्दथिन् । अजिताभ बच्चन आफैंले एक अन्तर्वार्तामा आफू र अमिताभबीच दूरी भएको खुलासा गरेका थिए र पिता हरिवंशराय बच्चनको निधनपछि त्यो दूरी झन् बढेको थियो ।

अजिताभले सन् २००५ मा ‘द टेलिग्राफ इन्डिया’सँगको कुराकानीमा आफू र अमिताभबीच गहिरो मतभेद भएको स्वीकार गरेका थिए, जुन बाबु हरिवंशराय बच्चनको निधनपछि झनै बढेको थियो ।

अजिताभ बच्चनले भनेका थिए, ‘म लामो समयदेखि विदेशमा बस्दै आएको छु र यति टाढाबाट धेरै दुरी आफैं आउँछन् । अमिताभ र म बाबुजी जिउँदै ह
हुदाँ दुखाउन चाहन्नथें । त्यसकारण हामीले उनको खातिर सँगै बस्ने प्रयास गर्यौं र धेरै समय सँगै बितायौं।’

जब अजिताभ बच्चनलाई दुई दाजुभाइबीचको मतभेदको कारण अमिताभका नयाँ साथी हुन् कि भनेर सोधियो, उनले जवाफ दिन अस्वीकार गरेका थिए। उनले यति मात्र भनेँ कि यसबारे अहिले नै टिप्पणी गर्नु उचित हुँदैन। तर, अर्को अन्तर्वार्तामा अजिताभले आफैंले भनेका थिए कि अमिताभको जीवनमा राजनीतिसँग सम्बन्धित साथीहरू आएपछि अमिताभसँगको दूरी बढ्न थालेको हो ।

नवभारत टाइम्सका अनुसार जब अजिताभलाई सोधिएको थियो कि अमिताभको अमर सिंहसँगको मित्रता वा गान्धी–नेहरू परिवारले ती दाजुभाइहरू बीच दरार पैदा गरेको थियो, उनले पनि जवाफ दिन अस्वीकार गरे। उनले आफूलाई यस्तो लागेमा अवश्य लेख्ने समेत बताए । अमिताभसँग मेलमिलापको सम्भावना छ ? अजिताभले भनेका थिए, ‘संसार सानो छ र जीवन पनि छोटो छ, जे पनि सम्भव छ। हेरौं के हुन्छ।’

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’, कमाइसक्यो ३२७ करोड

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाई बिच सबन्ध

महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन

पत्रकार बिक्रम सुनार र प्रिति आलेको ‘निगाली झाँपो’ सार्वजनिक (भिडिओ सहित)

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ मा संवादको डबिङ

आदर्श कप जेठ १३ गते देखि १६ गते सम्म हुने

ताजा समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, संसद् विघटनमै अड्कियो वार्ता

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com