बागलुङ । बागलुङको गलकोट नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।
गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटका ५४ वर्षिय धन बहादुर बोहोराको शव आज १२ः४५ बजे मृत अवस्थामा फेला परेको हो ।
गलकोट नगरपालिका वडा नम्वर ३ को छहरेखोलामा मृतक बोहोराको शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
स्थानियले छहरेखोलामा बोहोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको थप विस्तृत विवरण आउन अझैँ बाँकी ।