Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तेस्रो हरेलो मेलो बागलुङको नारायणस्थान पनि हुने

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ,२२ साउन । बागलुङ नगरपालिका वडा नम्बर १२ को नारायणस्थानको भैरवस्थानमा तेस्रो हरेलो मेला हुने भएको छ । उक्त मेलामा ३५ हजार भक्तजन भित्राउने लक्ष्य रहेको आयोजकले जनाएको छ । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ अगामी भदौ ४ गते मंगलबारको दिन मेलाको आयोजना गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवं चन्द्रप्रसाद ढकाल आउने भएका छन ।
प्रसिद्ध भैरवस्थान मन्दिरको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने गरी यसको व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिए । बागलुङ नगरपालिका वडा नं १० भकुण्डे ११ रायडाँडा १२ अमलाचौर १३ पैयुँपाटा १४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोटको रुपमा समेत रहेको मन्दिर परिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ । मेलामा भकुण्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गित प्रस्तुती, पैयुँपाटाको नौमती बाजा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो विशेष पस्तुतीको रुपमा रहने छ । मेलामा खुल्ला छेलो प्रतियोगिताका साथै ख्याति प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताईएको छ ।
संघीय सरकारबाट २७ लाख, प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेटको व्यवस्थापन भैसकेपनि थप स्रोत जुटाउन मेला आयोजना गरिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताए ।
मेलामा १३ लाख रुपैयाँ आम्दानी र १० लाख ९२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाको लागि बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको छ । मेलामा यहाँको ऐतिहासिक तरबार नाच पनि प्रस्तुत गरिने मेला मुल आयोजक समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।
नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ । मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com