Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बडिगाड घटना अपडेट: उपचार पाउन नसकेपछि घाइते बुढाको मृत्यु, चार जना अझै बेपत्ता

  • २ वर्ष अगाडि

बागलुङ । मंगलबार दिउँसो पहिरोमा परी घाइते भएका बडिगाड गाउँपालिका वडा न। १०का ७८ बर्षीय जोग बहादुर बुढा मगरको मृत्यु भएको छ । समयमै उपचार पाउन नसक्दा बुढाको मृत्यु भएको बताइएको छ ।
उपचारकोलागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने पर्खाईमा रहेका उनको उपचारमा ढिलाई हुँदा मृत्यु भएको हो । खराब मौषमका कारण हेलिकप्टर आउन नसक्दा घाइतेहरुलाई समयमै उपचार पाउन सकेका छैनन् ।
बुढाको ढाड र टाउकोमा चोट लागेको बताइएको छ ।
घाइतेहरुलाई ल्याउन आएको हेलिकप्टर खराब मौषमका कारण बडिगाड जान नसकी बागलुङ सदरमुकाममा रहेको नेपाली सेनाको २३ न। बाहिनीमा अवतरण गरेको थियो ।
बुढासँगै बडिगाडमा भएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाढीका कारण वडा न। ९ नयाँ बस्तीका १४ बर्षीय विधान परियार र सोही वडाका खहरे भन्ने ठाउँका २४ बर्षीय गंगा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
वडा न.१०मा पहिरोमा परि मृत्यु हुनेहरुमा ७ बर्षीय मालती बुढा, ७ बर्षी मधु बुढा, सञ्जु बिकको ६ महिनाको छोरी, १२ वर्षीय मनोज बुढा, १२ वर्षीय अमन बुढा र ५९ बर्षीय मैतीदेवी बिक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
वडा न . १०मा भएको घट्नामा परि २६ वर्षीय ओम प्रकाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना बिक, ४३ वर्षीय मंगलसेन बुढा, १९ वर्षीया रिमा पुन,६० वर्षीया सुमित्रा बिक, ५१ वर्षीय ससिराम बिक, ९ वर्षीय ज्ञाने बुढा, ३१ वर्षीया सिता थापा घाइते भएका छन् ।
घाइतेहरुको प्राथमिक उपचार पछि थप उपचारकोलागि बुर्तिबाङ जिल्ला अस्पताल लगिएको बताइएको छ ।
४ जना बेपत्ता
वडा न. १०मा गएको पहिरोमा परि ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा बडिगाड गाउँपालिका वडा न। १०का ६० वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा, ३ वर्षीय आरुष थापा र ११ वर्षीय सुमन बिक रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
हाल उनीहरुको खोजी भइरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com