Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मानव बेचबिखन विरुद्दको दिवश बागलुङमा पनि मनाइयो

  • २ वर्ष अगाडि

बागलुङ मानव बेचबिखन विरुद्दको अठारौं अन्तराष्ट्रिय दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको अमयोजना र सामाजिक विकास कार्यालयको सहआयोजनामा दिवश मनाइएको हो । दिवशको अवसरमा सचेतनामूलक र्याली, प्रवचन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मानव बेचबिखन जस्तो जघन्य अपराधको घटना बढीरहने, तर आम नागरिकले सुरक्षाको उपाय पनि थाहा नपाउने, पीडितले पाउने अधिकार र सेवाका क्षेत्रबारे पनि पहिचान हुन नसक्ने अवस्था रहेको भन्दै ती अन्यौलता चिर्न सबैले साथ दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले मानव बेचबिखन विरुद्दको अपराध विशेषगरी संगठित अपराधको सूचिमा पर्ने भन्दै त्यसका लागि सबै क्षेत्र सचेत रहनुपर्ने बताए । उनले प्रशासन र प्रहरीले गरेका अनुसन्धानमा सामाजिक क्षेत्रको पनि सहयोग चाहिने बताए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षता, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख हिमाल घर्तीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले नेपाल र जिल्लाभित्रको अपराध अनुसन्धानको तथ्यांक, मानव बेचबिखनका घटना, कानूनी उपचार तथा प्रहरीले गरेको खोजी उद्दार र पुनस्थापनका कार्यक्रमबारे जानकारी गराएका थिए ।
सो अवसरमा जिल्ला सरकारी वकिल पूर्णप्रसाद शर्मा, अधिवक्ताहरु ममतादेवी शर्मा, लक्ष्मी बास्कोटा, सशष्त्र प्रहरी निरीक्षक झपेन्द्र बानियाँले बोलेका थिए । त्यसअघि प्रहरी, सेना, सशष्त्र, निजामती कर्मचारी, अधिकारकर्मी, राजनीतिक दल, अगुवा महिला तथा विद्यार्थीले प्रभातफेरी र सचेतनामुलक व्यानर प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com