Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यार्थी र नागरिकलाई अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • सुजन रेग्मी
  • २ वर्ष अगाडि

बागलुङ १७ असोज । समाजमा घट्ने विभिन्न अपराध तथा लागू औषध नियन्त्रण सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र काठेखोला गाउँपालिका तथा अमर माध्यामिक विद्यालयको समन्वयमा कार्यक्रम गरिएको हो ।  कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै थापाले समाजले राम्रो गति नलिँदा नराम्रो स्थिति सृजना भएको बताउनुभयो । उहाँले लागू औषधले तपाईँ हाम्रो भविष्य भङ्ग हुने बताउनुभयो । उहाँले आफ्ना बच्चालाई घरमा काम गराउनु पर्ने र काम नगराउँदा बाहिरको लतले गर्दा यस्तो अवस्थामा पुग्ने उहाँको भनाई थियो ।उहाँले जब नकारात्मक रूपमा पसेको मान्छेलाई सकारात्मकमा ल्याउन गाह्रो हुने बताउनुभयो ।

 कार्यक्रममा धम्जा बिहुँ प्रहरी प्रमुख अर्जुन पौडेल , कार्यपालिका सदस्य गीता देवी बिक , भुमा देवी पुन , नेकपा एमाले काठे खोला ५ का अध्यक्ष हिरा लाल सापकोटा , नेपाली काङ्ग्रेस वडा सभापति हरि सापकोटा गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा ,गाउँपालिकाका अध्यक्ष राजु थापा लगाएतले लागु औषध सम्बन्धी चेतना र बसाल्न र समाज रूपान्तरण गर्न आआफ्नो ठाउँबाट सहयोग जरुरी रहेको बताउनुभयो । लागू औषध मात्र नभएर अन्य नराम्रा कार्य गर्नेलाई कानुनले छुट नहुने उहाँहरूको भनाइ थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अपराध तथा लागू औषध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम  वडा कार्यालयको  नं ५ बिहुँकाे सभाहलमा गरिएको थियो भने कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षता काठेखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलको स्वागत मन्तव्य र महिला बालबालिका शाखा रश्मी गौतमको सञ्चालनमा सम्पन्न  भएकाे थियो । 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com