Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा पनि मनाइयो क्षेत्री दिवस

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ १७ असाेज । विविध कार्यक्रमसहित १४औँ क्षेत्री दिवस बागलुङमा मनाइएको छ । दिवसका अवसरमा बिहीबार सदरमुकाममा प्रभातफेरि आयोजना गरिएको थियो ।
दिउँसो मूल समारोहसहित माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष रूद्र महतले जानकारी दिनुभयो । प्रतियोगितामा सिगाना माविका छात्रछात्राले प्रथम स्थान प्राप्त गरे । द्वितिय चिल्ड्रेन लाइफ बोर्डिङ, तृतीय विद्यामन्दिर मावि र आदर्श माविले सान्त्वना स्थान हासिल गरेको उहाँले बताउनुभयो । विजेता छात्रछात्रालाई क्रमशः रू. सात हजार, पाँच हजार, तीन हजार र एक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

चाडपर्वको शुभकामना आदनप्रदानसहित मनाइको दिवसको मूल समारोहमा जग्गादाता प्रेमबहादुर खड्का, कमलबहादुर खड्का र गोविन्दबहादुर खड्कालाई सम्मान गरिएको थियो । ट्राफिक कार्यालय, बागलुङका प्रमुख सुमन न्यूरेलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । उत्कृष्ट कार्य गरेको भन्दै क्षेत्री समाज बागलुङ नगरपालिका(१ को वडा समितिलाई रू. पाँच हजार नगदसहित सम्मान गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि समाजका संरक्षक एवं संस्थापक अध्यक्ष क्षेत्रीहरूबीचको एकतामा जोड दिनुभयो । उहाँले दिवसले सामाजिक एकता र सद्भावको सन्देश दिने बताउनुभयो । इतिहासका कालखण्डमा क्षेत्रीहरूले विजय प्राप्त गरेको दिनको सम्झनामा दिवस मनाउने गरिएको उहाँको भनाइ थियो ।

समाजको बागलुङ नगर समितिका अध्यक्ष एकबहादुर केसी, बागलुङ १ को वडा समितिका अध्यक्ष विष्णु खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष शिवकला खड्काको स्वागत मन्तव्य, सचिव कविराज जिसीको सञ्चालन र अध्यक्ष महतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com