Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालिकालाई खुसी पार्न हराएको रोट चढाउने प्रचलन व्यूँतियो

  • २ वर्ष अगाडि

सिर्जना पन्त

बागलुङ २५ असोज । कालिका देविलाई खुसी पार्न रोट चढाउने प्रचलन आधुनिकतासंगै हराएको थियो । तयारी मिठाई तथा नरिवल चढाउने प्रचलन बढेपछि रोट चलाउने प्रचलन हटेको थियो ।

दुई दशक अगाडीसम्म घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने प्रचलन रहेपछि पछिल्लो समय त्यो परम्परा घटेको थियो ।

बागलुङ कालिका भगवती मन्दिरमा पुजा गर्ने आउनेहरुले अक्षेता र फुलपातीसँग रोट चढाउने चलन क्रमश हट्न थालेको २० वर्ष हुन थालेपछि पछिल्लो समय कालिका मन्दिरमा तयारी रोट किनेर चढाउन थालिएको पाइएको छ ।

मन्दिर पुगेका अधिकांशले नरिवल र तयारी मिठाई कालिकालाई चढाउन लगेपनि केही दर्शनार्थीहरुले मन्दिर छेउमै उत्पादन गरिएको तयारी रोट किनेर चढाउन लैजान थालेका छन ।

मनोकामना पुरा भए रोट चढाउन आउछु भनेर भाकल गरेका भक्तजनहरुले घरबाट रोट नलिएर मन्दिर गेटमा तयारी बनेको रोट किनेर लैजाने प्रचलन रहेको छ । एक दशक यता आयातित प्रसादले रोटलाई विस्थापित गर्ने अवस्थामा पुगेपछि पाँच वर्ष यता कालिका मन्दिरमा रोट बनाउने पसल खुलेको छ ।

रोटको प्रसाद चढाउछु भनेर भाकल गर्नेले पछिल्लो समयमा नरिवल, खसीबोका, परेवा, कुखुरा र हाँस लगाएतको बली दिने चलन बढेर गएको छ । तर विस्थापित भइसकेको रोट चढाउने परम्परा व्युताउनका लागि तयारी रोट उत्पादन गर्ने पसल सञ्चालनमा ल्याएपछि मन्दिरमा आउने दर्शनार्थीमध्ये केहीले रोट लगेर चढाउन थालेका छन् ।

पछिल्लो समय कालिका मन्दिरमा वर्षेनी ५० लाख भन्दा बढीको नरिवल विक्रि हुने गरेको छ । कालिका दर्शन गर्न आउने जो कोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले एकाएक चर्चामा आएको छ । कालिका मन्दिरको गेटमै नरिवल विक्री गरे जस्तै रोट पनि विक्रि हुन थालेपछि यसको बारेमा चासो मात्र होइन् छुटेको परम्परा पुर्नताजगी भएको छ ।

चामल, ल्वाङ, सुकमेल, नरिवल र शुद्ध घ्यूबाट तयार गरिने रोट पछिल्लो समय मन्दिरको गेटमै किन्न पाइने भएपछि सहज भएको छ ।

बागलुङ नगरपालिका १ रामरेखाका डम्मर मल्ल ठकुरीले पछिल्लो ५ वर्षदेखि कालिका दर्शन रोट पसलनै सञ्चालन गरेर रोट पकाएर विक्रि गर्दै आउनुभएको छ । कालिका मन्दिरको मण्डपमै चढाईने शुद्ध र चोखो मानिने रोट दर्शनार्थीको आँखै अगाडी बनाईन्छ । फुल प्रसाद र नरिवलसँगै आजभोली रोट पनि उतिनै विक्रि हुने गरेको छ ।

पोहोर सालसम्म बुढा पाकाले मात्र रोट किनेर चढाउने गरेको भएपनि यस पटकको नवदुर्गामा भने युवा युवतीले पनि रोट चढाउन लगेको डम्मरले बताउनुभयो ।

रोट बनाउँन सुरु गरेपछिका हरेक वर्ष कालिका भगवती मन्दिरमा रोट चढाउने भक्तजनहरु बढ्दै गएको उहाँको भनाई छ ।

“रोट चलाउने परम्परा हराइसकेको थियो, घरमा बनाएर ल्याउन भक्तजनलाई समस्या समेत भएको पाइएको थियो, तर त्यसैलाई मध्यनजरगर्दै तयारी रोट बनाउन थालेको हो” ठकुरीले भन्नुभयो “अहिले मन्दिर आउनेमध्ये केहीले रोट खोजेरै चढाउन लैजान्छन् ।”

अहिले चामलको पिठोमा चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । व्यापारिक रुपमा बनाईएका रोट ४ सयका दरले बिक्री गर्ने गरेको उहाँको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com