Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

  • नेपाल सञ्चार
  • ५ दिन अगाडि

बागलुङ, २७ चैत । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय फिर्ता लिन सरकारलाई माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा जिल्लास्थित सञ्चारमाध्यमका सम्पादक तथा पूर्वअध्यक्षहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय फिर्ता लिन माग गरेका हुन् ।

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने सरकारको परिपत्रको विरोधमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले सरकारको उक्त निर्णयले स्थानीय सञ्चारमाध्यमहरू बन्द हुने अवस्थासमेत सिर्जना हुन सक्ने भन्दै निर्णय सच्याउन सरकारलाई आग्रह गर्नुभयो। उहाँले स्थानीय सञ्चारमाध्यम बन्द हुनु भनेको नागरिकको सूचना पाउने अधिकार कुण्ठित हुनु भएको उल्लेख गर्नुभयो।

त्यस्तै अर्का पूर्वअध्यक्ष रामबहादुर जिसी ले सरकारी सूचना र विज्ञापनमा देखिएको अनियमितता नियन्त्रणका लागि नियमन आवश्यक भए पनि स्थानीय सञ्चारमाध्यमलाई पूर्ण रूपमा सरकारी सूचनाबाट वञ्चित गरिनु हतारमा गरिएको निर्णय भएको बताउनुभयो। उहाँले यस्तो नीतिले श्रमजीवी पत्रकारहरूको रोजगारीमा प्रत्यक्ष असर पार्ने र विशेषगरी मोफसलका मिडियाहरू बढी प्रभावित हुने धारणा राख्नुभयो।

“हाम्रो जस्तो सानो सहरमा उद्योग–व्यवसायबाट मात्र मिडिया सञ्चालन गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “कतिपय सञ्चारमाध्यमहरू सामान्य सरकारी सूचनाकै भरमा सञ्चालन भइरहेका छन्, यस्तो अवस्थामा नयाँ नीतिले साना मिडिया बन्द हुने जोखिम बढाएको छ।”

कार्यक्रममा अन्य वक्ताहरूले पनि सरकारको उक्त निर्णयले प्रत्येक नागरिकले सूचना पाउने अधिकारमाथि असर पर्ने बताएका छन्। स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण र व्यवस्थापनमा सरकारको पनि जिम्मेवारी रहने भएकाले यस्ता निर्णय गर्दा दीर्घकालीन असरबारे गम्भीर समीक्षा आवश्यक रहेको उनीहरूको धारणा थियो।

महासंघ बागलुङका अध्यक्ष राम थापाले महासंघको केन्द्रीय निर्णयअनुसार नै कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले सरकारले निर्णय फिर्ता नलिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभयो। नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघ, बागलुङको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com