बागलुङ ,२८ चैत्र । चौँथो जेसिज कपको उपाधी गहते युवा क्लवबले जित हात पारेको छ।
गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि गहते युवा क्लबले जितेको हात हो ।
शनिबार सम्पन्न फाइनल खेलमा गहतेले बागलुङ सुधार केन्द्रलाई १–० गोलले पराजित गर्दै उपाधी हात पारेको हो। खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा सौरभ छन्त्यालले गरेको गोल नै गहते युवा क्लबको जितका लागि निर्णायक गोल भयो ।
प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गहतेले ‘जेसीज कप’ उचाल्दा बागलुङ सुधार केन्द्र भने यसपटक पनि उपविजेतामा बन्न पुग्यो ।
विजेता बनेको गहतेले २ लाख रुपियाँसहित ट्रफी प्रमाण प्राप्त पत्र र मेडल प्राप्त गर्योभने उपविजेता बागलुङ सुधार केन्द्रले १लाख रुपियाँ सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त प्रदान गरिएको बागलुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष एंव खेल संयोजक सुभम राज भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विधागत पुरस्कार वितरण गरिएको आयोजक बागलुङ जेसिनले जनाएको छ ।













