Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पुर्वाधार विकास कार्यालय अनिश्चितकालिन घेराउ स्थगित

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ , २४ पुस । पूर्वाधार विकास कार्यालय बागलुङ अनिश्चितकालीन घेराऊ कार्यक्रम स्थगित गरिएको छ ।

कुश्मीसेरा–बरेङ–शान्तिपुर सडक अन्तरगत पहिलो खण्ड कुश्मीसेरा–रुम्टा–राङखानी सडक खण्ड संघर्ष समितिले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तरगत पूर्वाधार विकास कार्यालय घेराऊ कार्यक्रम थगित गरिएको संघर्ष समितिका संयोजक भीम श्रीषले बताए ।

बुधबार भौतिक पूर्वाधार विकास तथा यायायात व्यवस्था मन्त्रालयमा भएको सहमति पश्चात अहिलेलाई आन्दोलन स्थगित गरिएको संयोजक श्रीषले बताए । सम्झौता बमोजिम काम नभए पुनः आन्दोलन गरिने उनको भनाई छ ।
‘अहिलेलाई आन्दोलन स्थगित मात्र गरेका हौँ पूर्ण रुपमा आन्दोलन सकिएको छैन ।’ उनले भने–‘सम्झौता बमोजिम काम गरिएन भने फेरी आन्दोलन गर्छौँ ।’

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमल कुमार अधिकारीको उपस्थितिमा मन्त्रालय, पूर्वाधार विकास कार्यालय बागलुङ र शर्मा क्याराभान जेभी बीच सम्झौता गरिएको छ ।

सम्झौतामा निर्माणाधीन कुश्मीसेरा–बरेङ–शान्तीपुर सडकको प्रथम खण्ड कुश्मीसेरा–रुम्टा–राङखानीको १० किलोमिटर सडक तोकिएको समयमा नै सम्पन्न गर्ने सम्झौता गरिएको छ । त्यसकोलागि ठेकेदार कम्पनी शर्मा क्याराभान जेभीले जनशक्ति, उपकरण, कामदार सहित माघ ५ गतेदेखि निर्माण स्थलमा परिचालन गर्ने र निर्धारित चैत्र मसान्तभित्र गणस्तरीय काम सम्पन्न गर्ने लेखिएको छ ।

निर्धारित समयमा काम सम्पन्न गर्नकोलागि यहि पुष २८ गतेसम्म कम्पनीले मन्त्रालयलाई वृस्तित कार्ययोजना बुझाउनु पर्ने र सोही अनुरुप काम गर्ने उल्लेख गरिएको छ ।

पूर्वाधार विकास कार्यालयले अनुगमन गर्ने, मन्त्रालयल र निर्देशनालयले आवश्यक सहयोग र सहजिकरण गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

त्यस सडक खण्डको तेस्रो पटक म्याद थप गर्दासम्म ५७ प्रतिशत भौतिक प्रगति र ५६ आर्थिक प्रगति भएको छ । पहिलो पटक शर्मा क्याराभान जेभिले २०७६ असोज २८ गते सम्झौता गरेको थियो । त्यस सडक खण्डमा कालोपत्रे गर्नको लागि २४ करोड ५८ लाख ५७ हजार ८१७ रुपैयाँमा सम्झौता गरिएको थियो ।

सम्झौता पत्रमा मन्त्रालयका सचिव कमल कुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालय पोखराका निमित्त निर्देशक राम कुमार श्रेष्ठ, जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, भौतिक पूर्वाकार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिनियर डिभिजन इन्जिनियर महेन्द्र बहादुर बानिया, पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश कुमार घिमिरे, शर्मा क्याराभान जेभीका चन्द्र प्रकाश थकाली, संघर्ष समिति संयोजक भीम श्रीष, कुलचन्द्र शर्मा, राजेन्द्र शर्मा लगायतको हस्ताक्षर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com