बागलुङ ९ फागुन । नेकपा एमाले बागलुङले सदस्य बढाउनका लागि जरा केन्द्रीत अभियान गर्न थालिएको नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।
पार्टी सदस्यता जरा केन्द्रित अभियानबाट दोब्बर बनाउने बताउनुभयो केसीले जानकारी दिनुभयो ।
उहाँले अहिले भएको पाँच हजार १०० संगठित सदस्यलाई चैत मसान्त सम्म १० हजार ९८१ पु¥याइने बताउनुभएको छ । बैठकमा जिल्ला सचिवालय गठन देखि जिल्ला सदस्यमा मनोनित गर्ने सम्मको निर्णय समेत गरिएको उहाँले बताउनु भएको छ ।
१० पालिकाको अधिवेशन, ६८ वटा वडा अधिवेशन सम्पन्न भइसकेको, जनसंगठन अन्तर्गत अनेमसंघ, पेशागत महासंघ, पिपिएलए, प्रेस चौतारी, अनेरास्वयिुको आयोजक कमिटि, लोकतान्तिक आदिवासी जनजाती महासंघ, मुक्ति समाज लगायतको अधिवेशन तथा नयाँ नेतृत्व चयन भइसकेको अध्यक्ष केसीले भन्नुभयो ।
वडाको जरा केन्द्रित अभियानालाई अघि बढाउन पार्टीले १० स्थानीय तहमा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम, फागुन मसान्त भित्र वडास्तरीय अभिमुखीकरण र चैत मसान्त भित्र टोल सम्म अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
फागुन १६ गते बागलुङ बजार र फागुन १७ गते बुर्तिवाङ बजारमा जिल्ला स्तरिय पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रम गर्ने जनाएको पार्टीे सचिव गणेश थापाले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सम्बन्धित भुगोलका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरु सहभागी हुनेछन् । यस्तै फागुन १८ देखि २१ सम्म नगरस्तरीय अन्तरक्रिया गरिनेछ । प्रत्येक घर–घरबाट पार्टी सदस्यता बनाउने अभियान चैत मसान्त सम्म सञ्चालन गरिने सचिव थापाले बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी, बागलुङको वडा–केन्द्रित पार्टी निर्माण अभियान–२०८१ को कार्ययोजना कार्यान्वयन गर्न गराउनका लागि अभियान अन्र्तगत काँठेखोला गाउँपालिकामा अमर बहादुर थापा, बडिगाड गाउँपालिकामा विष्णु प्रसाद भुसाल, निसीखोला गाउँपालिकामा टंक पौडेल, ढोरपाटन नगरपालिकामा लक्ष्मण पुनलाई जिम्मेवारी दिइएको छ ।
यस्तै बागलुङ जिल्ला अन्र्तगत रहेका निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संयोजकहरु समेत तोकिएको छ ।
संघीय निर्वाचन क्षेत्र नं। १को संयोजकमा धन बहादुर परियार, संघिय निर्वाचन क्षेत्र नं। २मा करमति पुन, प्रदेश निर्वाचन क्षेत्र नं। १ (क)मा चन्द्रमणी उपाध्याय, प्रदेश निर्वाचन क्षेत्र नं। १ (ख) क.मा बद्री ढुंगाना, प्रदेश निर्वाचन क्षेत्र नं। २ (क) डम्मर श्रीस र प्रदेश निर्वाचन क्षेत्र न ं। २ (ख) रुद्र पौडेल रहनुभएको छ । यस्तै नेकपा (एमाले)को विधानको धारा ३७ (२) अनुसार १) जनालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय गरियो । मनोनित हुनेमा बेद बहादुर छन्त्याल, विष्णु प्रसाद शर्मा, याम बहादुर थापा श्रीस, दयाराम पौडेल, जुनविक्रम शाही, हरि प्रसाद शर्मा,सन्दिप खड्का, उमेश बुढा मगर, विष्णु प्रसाद आचार्य,राम प्रसाद आचार्य र मन बहादुर लामिछाने रहनुभएको छ ।
पार्टीको वैठकहरु नियमित, छिटो, छरितो र व्यवस्थित गर्नको लागि पार्टी विधानको धारा ३७ (२) बमोजिम हिरा बहादुर के।सी।, विष्णु प्रसाद भुसाल, गणेश बहादुर थापा मगर, धन बहादुर परियार, करमति पुन, चन्द्रमणी उपाध्याय, डम्मर श्रीस, इन्द्र बहादुर थापा (सन्दिप), कुल बहादुर विक, कोपिला खरेल सापकोटा, चट्टान थापा, चित्रा श्रीस, चेत बहादुर थापा, जित बहादुर क्षेत्री (राजन), ढाल प्रसाद शेरचन, नविन प्रसाद शर्मा, नेत्र बहादुर विष्ट, प्रेम लामिछाने, बद्री ढुंगाना, बावुलाल शाक्य, विद्यापति शर्मा, रुद्र बहादुर महत, रुद्र पौडेल, लिला बहादुर बुढा मगर, याम श्रीस, श्याम बहादुर पुन, शेखर खड्का, सरस्वति खड्का परियार, सम्पन्न श्रेष्ठ, सुनिता विश्वकर्मा र हुमादेवी खड्का रहेको जिल्ला सचिवालय गठन गर्ने निर्णय गरेको छ ।










