Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङका तीन सामुदायिक वनमा आगलागी

  • २ महिना अगाडि

बागलुङ, ११ चैत । गर्मीयाम सुरु भएसँगै बागलुङका वनजंगलमा आगलागी हुने क्रम बढ्दो छ । डिभिजन वन कार्यालय बागलुङका अनुसार चैत पहिलो हप्तासम्म बागलुङका तीन वनजंगलमा आगलागी भएको छ ।
डिभिजन वन कार्यालय बागलुङका वन अधिकृत तथा सूचना अधिकारी मन कुमार छन्त्यालका अनुसार बागलुङको निसीखोला गाउँपालिका वडा नं। ३ को देउराली सामुदायिक वनको ४६ हेक्टर, ढोरपाटन नगरपालिका वडा नं। ३ को मौरीभीर सामुदायिक वनको ३ हेक्टर र जैमिनी नगरपालिका वडा नं। ( को जलुकेपातल सामुदायिक वनको तारेभीरमा आगलागी भएको छ । आगलागीको कारण वातावरणमा ठूलो क्षति पुगेको उनले बताए ।
सूचना अधिकारी छन्त्यालले गर्मीसँगै हावाहुरीका कारण वनमा हुने आगलागी बढेको बताए । ‘बढीजसो मानवीय कारणले नै डढेलोका घटना हुने गरेका छन्,’ छन्त्यालले भने,‘गर्मीयाममा हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढिरहेको छ ।’
बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुनुका साथै वन्यजन्तु र पन्छीहरू मर्ने गरेको र बासस्थान नष्ट हुने गरेको छन्त्यालले बताए । ‘बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ । डढेलोले वन्यजन्तु र पन्छी मर्ने तथा उनीहरूको बासस्थान नष्ट हुन्छ’, उनले भने, ‘डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्योइरहेको हुन्छ ।’
नेपालमा मुख्य गरी फागुन र चैतमा डढेलोका घटना हुने गरेका छन् । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम, भिरालो भू–बनोटजस्ता कारणले पनि डढेलो छिटो फैलने गरेको सूचना अधिकारी छन्त्यालले बताए । उनले वनमा जानीजानी आगो लगाउने गरिएको बताए ।
वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने उनको भनाइ छ । ‘समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्‌न सके डढेलो लाग्न पाउँदैन,’ उनले भने,‘डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न जरुरी छ। समुदायस्तरमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।’
जङ्गलमा आगो लगायो भने वर्षासँगै खरानी बगेर खेतबारीमा आउने र त्यसले माटो मलिलो हुने र खेतीपाती फस्टाउने सोचले पनि आगजनीका घटना हुने गरेका छन् । वनजंगलमा हुने आगलागी नियन्त्रणको लागि डिभिजन वन कार्यालयले समुदायस्तरमा सचेतना कार्यक्रम संचालन गरिरहेको सूचना अधिकारी छन्त्याले बताए । उनले वनमा आगलागी भएमा वन कार्यालय, समुदाय र प्रहरीको सहयोगमा नियन्त्रण गरिँदै आएको जानकारी दिए ।
बागलुङ जिल्‌लाका प्रमुख जिल्‌ला अधिकारी नेत्रप्रसाद सुवेदीले वनजंगलमा आगलागी गर्नेलाई कडा कारवाही हुने बताए । उनले वन जंगलमा आगलागी हुँदा वायुप्रदुषण बढ्नुका साथै पृथ्वीमै क्षति पुग्ने बताउँदै आगलागी गरेको प्रमाणित भएमा कडा कारवाही हुने बताए । ‘वनमा आगलागी गर्दा कडा कारवाही हुन्छ,’ प्रजिअ सुवेदीले भने,‘कारवाही हुने थाहा नपाउँदा पछिल्‌लो समय आगलागी गर्नेहरु सक्रिय भएका छन् । कोही कसैले जानाजान वनजंगलमा आगलागी गरेको थाहा पाएमा जिल्‌ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गर्नुहोस्। उहाँहरुलाई कडा कारवाही हुनेछ ।’
वन ऐन २)७६ दफा ५) को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६) हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्‌लेख छ ।
बागलुङमा गत आर्थिक वर्ष २)८)र)८१ मा जिल्‌लामा ६८ स्थानमा आगलागी हुँदा २ हजार १ सय ७४ दशमलव ३ हेक्टर जमिनमा क्षति पुगेको डिभिजन वन कार्यालय बागलुङका सूचना अधिकारी छन्त्यालले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

अवैध लागूऔषधसहित १० जना पक्राउ

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

ताजा समाचार

पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई
लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

ट्रेन्डिङ

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com