Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

बागलुङ, २० असार । बागलुङको काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंगो लागेको छ ।
भवन निर्माण गर्ने ठाउँको विषयमा लामो समयदेखि विवाद हुँदा गाउँपालिकाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेको थियो ।
गाउँपालिकाको भवन निर्माणका लागि जनप्रतिनिधिहरु बिच वडा नम्बर ६ बिहुँ सुल्डाडा र वडा नम्बर २ अक्षेतेलाई लिएर विभाजन भएपछि भवन निर्माणको काम अगाडी बढ्न नसकेको हो ।

गाउँपालिकाको बिहिबार बसेको १७औं गाउँसभाले बिहुँ सुल्डाँडामा प्रशासनिक भवन निर्माण गर्नेगरी सर्वसम्मत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षदेखि भवन निर्माणको प्रक्रिया पूरा गरेर भवन निर्माणको कार्य प्रारम्भि गर्ने बताउनुभयो ।
‘१७औँ गाउँसभाले सर्वसम्मत रुपमा बिहुँ सुल्डाँडामै प्रशासनिक भवन बनाउने निर्णय गरेको छ,’ अध्यक्ष थापाले भन्नुभयो,‘आउँदो आर्थिक वर्षबाट सवै प्रक्रिया पूरा गरेर भवन निर्माणको कार्य प्रारम्भ गछौं ।’

गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकता बताउँदै निर्वाचनमा गए पनि तीनवर्षपछि बल्ल ठाउँको टुङ्गो लगाउन सफल भएको बताउनुभयो । ‘निर्वाचनको बेला जनतासंग गरेको बाचा पूरा गर्ने चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो,‘नयाँ संरचनामा स्थानीय तह बनेकाले गाउँपालिकाको प्रशासनिक भवन छैन । पहिलो पटक निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिहरुले प्रयास गर्नुभएको थियो । सम्भव भएन । हामीले निर्वाचनकै बेला उपयुक्त स्थानमा प्रशासनिक भवन बनाउँछौं भनेका थियौं । विभिन्न अवरोधका बीचमा ठाउँको टुंगो लागेको छ । अब प्रक्रिया अगाडि बढ्छ ।’

गाउँसभाले बिहुँ सुल्डाँडा र अक्षेतेलाई प्रशासनिक केन्द्र मान्ने र प्रशासनिक भवन सुल्डाँडामा बनाउने गरी सर्वसम्मत निर्णय गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिनुभयो । ‘प्रशासनिक भवन सुल्डाँडामै बनाउने र अक्षेतेलाई पनि प्रशासनिक केन्द्र मान्ने गरी निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो,‘अक्षेतेमा अन्य संरचनाहरुको विकास गर्ने विषयमा मतऐक्यता भएको छ ।’

प्रशासनिक भवन निर्माण गर्ने विषयमा गत असार १० गतेको गाउँसभामा मतदान हुँदा कुनै पनि पक्षमा दुई तिहाई मत नपरेपछि १९ गतेका लागि मिति तय गरिएको थियो । यो बीचमा भएका विभिन्न छलफल र बैठकले सर्वसम्मतको निर्णय गर्ने वाताबरण बनाएको अध्यक्ष थापाले बताउनुभयो ।

यसअघि पालिका भवन निर्माणको लािग वडा नम्बर १, २, ३ र ४ वडाका जनप्रतिनिधिले अक्षेतेमा र वडा नम्बर ५, ६, ७ र ८ का जनप्रतिनिधिले सुल्डाँडामै बनाउनुपर्छ भन्ने अडान लिएपछि भवन निर्माणको प्रक्रिया अगाडी बढ्न सकेको थिएन । राजनीतिक दलहरुको सहजीकरण पछि भवन निर्माणस्थलको टुंगो लगाउन गाउँपालिकालाई सहज भएको हो । काठेखोला गाउँपालिकास्तरीय राजनीतिक दलहरुको बैठकले पनि सुल्डाँडामै प्रशासनिक भवन निर्माण गर्ने विषयमा सहमति जनाएपछि गाउँपालिकालाई निर्णय गर्न सहज भएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुल्डाँडामै भवन निर्माण गर्ने माहोल सिर्जना गरेका थिए ।

अब नयाँ आर्थिक वर्ष सुरु हुनासाथ जग्गा प्राप्तीको प्रक्रिया थालनी गरेर भवन निर्माणको कामलाई अगाडि बढाउने गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताउनुभयो । ‘बल्ल ठाउँको टुंगो लागेको छ, अब जग्गा प्राप्तीको प्रक्रिया सुरु हुन्छ,’ उहाँले भन्नुभयो,‘जतिसक्दो चाँडो भवन निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाउँछौं ।’ आफ्नै भवन नहुँदा काठेखोला गाउँपालिकाले वार्षिक सात लाख रुपैयाँ भन्दा बढि कार्यालय सञ्चालनका लागि भाडा तिर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com