Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

  • ११ महिना अगाडि

बागलुङ २२ ,असार । राष्ट्रिय स्वतन्त्र पार्टिकि केन्द्रीय सदस्य गोमा क्षेत्रीलाई सम्पर्कमा ल्याउन इमेज बचतकर्ताले ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गोमा क्षत्री र उनका नातेदार विकास गौतमले बँैकसँग मिलेर पीडितलाई थप पीडा दिएको भन्दै उनीहरुलाई सम्पर्कमा ल्याईदिन राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति बागलुङसँग माग गरेका हुन् ।

इमेज बचत पीडित संघर्ष समिति बागलुङ र देव कुमार नेपालीबिच नेपालीको नाममा रहेको घरजग्गा बिक्री गरेर पीडितको रकम फिर्ता गर्ने सहमती भएर बागलुङ नगरपालिका वडा नं २ र पोखरा महानगरपालिका वडा नं। ८ मा रहेका करिब ७० करोड पर्ने घरजग्गालाई २१ करोड ३० लाख रुपैयाँमा बँैकसँगको मिलेमतोमा गोमा र विकासले लिलाम गरेको आरोप लगाइएको छ ।

बढी मुल्य पर्ने घरजग्गालाई गोमा, विकास र घरजग्गा धितो रहेको बैंकको मिलेमतोमा पीडितलाई जानकारी नै नदिइ कम मुल्यमा लिलाम गरिएको भन्दै पीडितले सहकारीले पीडामा पारेका बचतकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यले थप पीडा दिएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका अध्यक्ष महेन्द्र खड्कामार्फत केन्द्रलाई पठाईएको ज्ञापन पत्रमा जग्गा लिलाम भएपछि पनि गोमाका श्रीमान रामबहादुरसँग छलफल गर्दा घरजग्गा नाफा कमाउने उद्देश्यले नलिएको भन्दै पीडितको रकम फिर्ता गरेपछि मात्र भोगचलन गर्छौ भनेर लिखित सम्झौता गरेको जानकारी गराइएको छ ।

लिखित सम्झौता विपरित जग्गाधनी लालपुर्जा प्राप्त गरेपछि पीडितको सम्पर्कमा नआएको भन्दै तत्काल सम्पर्कमा ल्याईदिन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका अध्यक्ष महेन्द्र खड्काले ज्ञापन पत्र केन्द्रमा पु¥याईदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहकारीमा एक लाख रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताले इमेज संघर्ष समितिको पहलमा रकम फिर्ता पाइसकेका छन् ।
एक लाख भन्दा बढी बचत भएका बचतकर्ताको रकम विभिन्न वैंकमा रोक्का रहेको घरजग्गा विक्रि गरेर फिर्ता गर्ने सहमती भएको संघर्ष समितिले जनाएको छ ।
बचतकर्ताको झण्डै २ अर्व बराबर रकम अपचलन गरि ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भए देखिनै बचत रकम फिर्ताको माग गर्दै आएका पीडितको समस्या नेपाली पक्राउ परेपनि सुल्झिएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com