बागलुङ, १९ कात्तिक । बागलुङमा मेयरकप हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मङ्सिर १४ देखि १८ गतेसम्म खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।
स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी सुरु गरिएको खेल संयोजक सुदीप गौतमले बताउनुभयो ।
खुला प्रतियोगिता भएकाले देशभरको जनुसुकै नगरपालिकाले पनि आफ्नो आधिकारिक टिम पठाउन सक्छ भने आयोजक बागलुङ नगरपालिकाको दुई टिम रहने संयोजक गौतमले बताउनुभयो
प्रतियोगिताको विजेता टिमलाई मेडल र ट्रफीसहित रु. तीन लाख ३३ हजार तीन सय ३३, उपविजेतालाई रु. दुई लाख दुई हजार दुई सय २२ पुरस्कार प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई रु. दस हजार रुपैँया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ नगरपालिकास्तरीय उक्त प्रतियोगितामा बढीमा दस टिम सहभागी हुने गौतमको भनाइ छ ।











