Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ, २१ कार्तिक । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागलुङमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ ।

सडकमा जीवन विताउन बाध्य असहायलाई सेवा दिने उद्देश्यसाथ संरचना निर्माणार्थ महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मानवताका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले महायज्ञ गरेर पूर्वाधार बनाउने उद्देश्य राखिएकाले पुण्य कार्यमा सहभागी हुन सबैलाई आव्हान गर्नुभयो । अध्यक्ष ढकालले आफ्नो गृह जिल्लामा सडकआश्रितको लागि भवन निर्माण गर्न महायज्ञ सञ्चालन भइरहेकाले आश्रम निर्माणमा व्यक्तिगत र संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महायज्ञ उद्घाटन अगाडि बागलुङ बजारदेखि महायज्ञस्थल तथा मानवसेवा आश्रम भवन निर्माणस्थल बागलुङ नगरपालिका –४ निरयघाटसम्म शोभा कलशयात्रा गरिएको थियो । कलशयात्रा लोकतान्त्रिक चोकबाट सुरु भइ जिपपार्क, नगर खानेपानी, राइटर चोक, शिवधारा हुँदै देउराली चोक, विद्या मन्दिर, नारायण चोक, लालीगुँरास चोक, गोदाम चोक, बुद्धचोक, अदालत रोड, अस्पताल रोड, मरेपीपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञस्थलमा समापन भएको थियो ।

यात्रामा देउराली आमा समूह नौमती बाजा, नवजागृति आमा समूह, कालिका आमा समूह, शुक्लेश्वरी ज्ञानज्योति आमा समूह, एकल आमा समूह, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानलगायतका विभिन्न समूहहरूको सहभागिता रहेको यात्रामा धार्मिक झाँकी, बाजागाजा र विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

महायज्ञबाट प्राप्त रकम मानवसेवा आश्रम बागलुङको भवन निर्माणमा लगाइने र १० करोड रुपियाँ बराबरको अक्षयकोष निर्माण गर्ने लक्ष्य लिइएको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । अहिलेसम्म भवन निर्माणमा करिब ५ करोड रुपियाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्नका लागि अझै ४ करोड रुपियाँको आवश्यकता रहेको अधिकारीले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनको करिब ६० प्रतिशत काम सकिएको र बाँकी ४० प्रतिशत कार्य चैत मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ । भवन निर्माण सम्पन्न भएपछि सो शाखाबाट करिब दुईसय जनालाई आश्रय प्रदान गर्न सकिने जनाइएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहनुभएको छ ।

विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदैआएको आश्रमले बागलुङ नगरपालिका –४ निरयघाटमा जग्गा प्राप्त गरेपछि विसं २०७८ वैशाख २४ गते ५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवन निर्माण गर्न शिलान्यास गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com