Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ

  • नेपाल सञ्चार
  • २ हप्ता अगाडि

बागलुङ, १३ फागुन । आसन्न फागुन २१ गते निर्वाचनको मिति नजिकिए सँगै रौनक्ता छ ।
यसै क्रममा बागलुङ क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारले काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन । प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई सघाउने भएका छन् ।

बुधबार कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार पौडेल र समानुपातिक उम्मेदवार रेनुका काउचालाई समर्थन गरेको बताए । उनले अहिलेको निर्वाचन सामान्य नभएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताए ।
तत्कालिन माओबादी केन्द्रका अध्यक्ष हालका नेकपाका संयोजक पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा रहेका कुँवर माओबादी जनयुद्धमा होमिएका नेताको रुपमा परिचित छन ।

उनि माओबादी नेकपा भएपछि प्रलोपामा रहेका थिए । आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाई छ । निसीखोला गाउँपालिका ७ का कुँवर आफ्नो उम्मेदवारी त्यागेर काँग्रेसका उम्मेदवारलाई समर्थन गरेको हुँदा उनिसँगैका अन्य प्रलोपाका नेता कार्यकर्ता पनि काँग्रेसमा समाहित भएका छन ।

“मुलुक परिवर्तनका लागि दश वर्षे जनयुद्धमा होमिए तर अहिले नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जनयुद्धले सार्थकता पाउन सकेन, कुँवरले भने,–“अर्को कुरा दश वर्षे महान् जनयुद्धमा थुप्रै सपनाहरू बाँडेर सत्ताको भ¥याङ बनाएर जनतालाई धोका दिएका तमाम गद्दार नेताहरूलाई जनताले आफ्नो अमूल्य भोटमार्फत झापड हान्नु हुनेछ, जनताले यसपटक गल्ती गर्नुहुँदैन भन्दै फेरिएको काँग्रेसमा समाहित भएर काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हुँ ।
नेपाली राजनीतिको फोहोरी खेलमा कम्युनिस्ट आन्दोलन खराब तरिकाले प्रस्तुत भएको कुँवरले आरोप लगाए । ‘म धेरै खुसी त छैन, जनताको माझमा उम्मेदवार भएको मान्छे, जनताबाट निर्वाचित भएर देशको सेवा गरुँला भन्ने मेरो रहर र इच्छाहरू थिए, तर त्यो परिस्थिति बनेन, त्यसले गर्दा कांग्रेस उम्मेदवारलाई सघाउने छु’ उनले भने ।

कुँवरलाई काँग्रेस बागलुङका सभापति जित शेरचन, यस क्षेत्रका उम्मेदवार टेकराज पौडेल काँग्रेसका नेता द्रोर्णकुवँवर लगायतका नेताले स्वागत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

लोक दोहोरी प्रतिष्ठानको स्थापना दिवसमा मानव सेवा आश्रमलाई सहयोग

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

ताजा समाचार

ट्रेन्डिङ

इनिसालाई न्याय माग्दै अन्तर पार्टी महिला सञ्जाल बागलुङद्वारा प्रजिअलाई ध्यानाकर्षण

दादुरा नियन्त्रणका लागि खोप अभियान

एमाले नगर कमिटिका अध्यक्ष शर्माले दिए राजीनामा

चैते दशै मेलामा सर्वाधिक राशीको कालिका कप

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

इनिसा विक हत्या प्रकरणको छानविन र दोषीलाई कारवाहीको माग गर्दै प्रवुद्ध युवा समूह बागलुङको विरोध प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com