Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

  • सुजन रेग्मी
  • २ महिना अगाडि

बागलुङ, २४ असार । बागलुङको तमानखोला गाउँपालिकाका महिलाहरू ढाका बुनाइ व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय स्तरमा उपलब्ध सीप र स्रोतको उपयोग गर्दै महिलाहरूले ढाका कपडा उत्पादन गर्ने गरेका हुन् । परम्परागत ढाकाका कपडा उत्पादन गरी आयआर्जन गर्न थालेपछि आर्थिक सशक्तीकरणमा समेत टेवा पुगेको छ ।

महिलाहरूले घरायसी कामसँगै ढाका टोपी, सल, कपडा तथा अन्य सामग्री उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्री वितरण गर्दै आएका छन् । ढाका बुनाइबाट प्राप्त आम्दानीले परिवारको आर्थिक अवस्थामा सुधार आउनुका साथै महिलाहरूको आत्मविश्वास र सामाजिक सहभागिता पनि बढेको उनीहरुको अनुभव छ ।

स्थानीय तहले ढाका उद्योगको प्रवद्र्धन, बजारीकरण तथा आवश्यक तालिमको व्यवस्था गर्दै आएको छ । परम्परागत सीपको संरक्षणसँगैरोजगारी सिर्जना गर्ने माध्यमका रूपमा ढाका उद्योग तमानखोलामा महिलाको आर्थिक समृद्धिको आधार बन्दैछ ।

तमानखोला गाउँपालिका वडा नम्बर–३ मा रहेको महिला कल्याण आमा समुहको भवनमा बिहानैदेखि ढाकाको असकोट बुन्दै गरेकी जमुना घर्तीले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएको बताउनुहुन्छ । पालिकाले महिलाहरुलाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद सम्ममा गाउँपालिकाले सघाउँदै आएको छ । सात वर्ष पहिले म्याग्दीबाट प्रशिक्षक बोलाएर गाउँमै ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समुहमा आवद्ध गराएर थप व्यावसायीक बनाउन गाउँपालिकाले लगानी गरेको हो ।

महिलालाई व्यवसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले ६ वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समुहको भवन निर्माण गरिदिनेदेखि उनिहरुले उत्पादन गरेका कपडा खरिद गर्दिने सम्म गाउँपालिकाले गर्दै आएको छ ।

पालिकाले विभिन्न कार्यक्रम गर्छ, कार्यक्रम गर्दा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गरिदै आएको छ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र असकोट प्रयोग गर्दै आएको तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो ।
गाउँपालिकाले सात वर्ष पहिले सिप सिकायो भने उनिहरुलाई आवश्यक सामाग्री देखि भवन बनाउनमा समेत सहयोग गरेको छभने अहिले सम्म सामाग्री, भवन तथा प्रशिक्षण सम्म पालिकाको २५ लाख लगानी भइसकेको धन्त्यालले बताउनुभयो ।

यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक ५० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । सुरुवातका दिनमा आफुले उत्पादन गरेका सामग्री विक्रि नभएर दुस्ख पाएको भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिलाहरु उत्साहित भएको घर्तीको भनाइ छ । उक्त उद्योगमा १५ जना महिलाले रोजगार पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com