Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’

  • ६ वर्ष अगाडि

नेपालगञ्ज । नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आप्mनो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पु¥याएको छ ।
भाडाको घरमा बसेर रिक्सा चलाउने पेशा अंँगालेका कोरीसँग आम्दानीको कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र आप्mनो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य हुनुभएको छ ।
बन्दाबन्दीका कारण इरिक्सा चलाएर आप्mनो दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र मात्र हो । उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन इरिक्साको कमाइले धानेको छ । बाँके जिल्लामा झण्डै १० हजार इरिक्सा सञ्चालनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउनु हुन्छ । लामो समयको बन्दाबन्दीले अहिले यिनै रिक्सा चालकको दैनिक कमाइ गुमेको छ । आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न ठूलै समस्या नपरे पनि रिक्सा चलाएरै बिहानबेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमाा भोक र मानसिक तनाव दिएको छ ।
झण्डै दुई महिनासम्म घरमै लकडाउनको पालना गरेर बसेका यहाँका केही रिक्सा चालक अहिले सडकमा रिक्सा लिएर निस्कन थालेका छन् । उनीहरुको यस्तो प्रयासले भने निरन्तरता पाउन सकेको छैन । स्थानीय प्रशासनले कडाइ गरेका दिन घर फिर्ता जानुको उनीहरुसंँग अरु कुनै विकल्प रहँदैन । ‘अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाइ, आफन्तसंँग ऋण लिएको रकम पनि भ्याइसकियो । रिक्सा नचलाए अब त हाम्रो परिवार भोकभोकै मर्छ’, बन्दाबन्दीमा रिक्सा चलाउने भनेर निस्किनुभएका नेपालगञ्ज—१३ का मोहम्मद हमिद इद्रिसीले दुःख पोख्नुभयो ।
बन्दाबन्दीमा ठूलै आँट गरेर रिक्सा सडकमा लिएर निस्कनेलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोक्ने तथा पैदल हिँड्नेहरु पनि कोरोना संक्रमणको डरले रिक्सामा बस्न नरुचाउने कारणले रिक्सा चालकले सोचे जस्तो भएको छैन । ‘रिक्सा चलाउन त दिनै मिल्दैन । समस्या सबैलाई परेको अवस्था हो, रिक्सा चालक त्यसवाट अछुतो रहने सवाल नै रहँदैन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गको भनाइ छ ।
बन्दाबन्दीको शुरुवाती चरणमा स्थानीय तहका वडा कार्यालयले केही मात्रामा चामल, दाल र नूनतेल राहत उपलब्ध गराए पनि अहिले त्यस्तो सहयोग पनि नपाएको रिक्सा चालकको गुनासो छ । ‘बन्दाबन्दीभरि हामीले छाक टार्ने राहत पाएमा रिक्सा चलाउन जानै पर्दैन नि’, रिक्सा चालक इद्रिसीले भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com