Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस चौतारी बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ, १४ मंसिर । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस चौतारी बागलुङको सोमबार बसेको बैठकले २० औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तका अनुसार मंसिर १६ गते (आईतबार) जिल्ला शाखाको २० औं स्थापना दिवसको दिन कार्यक्रम संचालन गर्न लागिएको हो ।
उहाँले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योग माध्यमबाट तनाव व्यवस्थापनका लागि प्रशिक्षण गरिने बताउनुभयो ।
विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताउनु भयो ।
‘विद्यार्थीहरुलाई पत्रकारिताको भोक जगाउनको लागि स्थापना दिवसको दिनबाट कार्यक्रम संचालन शुभारम्भ गर्न लागिएको हो,’ सचिव कार्कीले भन्नुभयो,‘प्रत्येक महिना एक वटा विद्यालयमा पुगेर कार्यक्रम संचालन गर्ने निर्णय गरेका छौं ।’
गतवर्ष प्रेस चौतारी नेपाल केन्द्रको स्थापना दिवसको अवसरमा आयोजित ‘प्रेस चौतारी कप फुटबल प्रतियोगिता’को विजेता विद्यालय भएकोले चिल्ड्रेन लाईफबाट कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।
यस्तै स्थापना दिवसको अवसरमा प्रेस चौतारीले दुई वटा कोषको घोषणा गर्ने भएको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गर्न लागिएको सचिव कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com