Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ , १८ मंसिर । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली महिला शिलशिला आचार्य पनि परेकी छन् । बागलुङ नगरपालिका घर भएकी आचार्य वातावरणको क्षेत्रमा क्रियाशिल छन । उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् ।
बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलाहरूको सूची सार्वजनिक गरेको हो ।
१०० महिलाको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, रेप सर्भाइभर एवम् अभियन्ता गिसेले पेलिकोट, अभित्रेनी श्यारोन स्टोन, ओलम्पियन एथलेटिक खेलाडी रेबेका एन्ड्राडे र एलिसन फेलिक्स, गायीका रायी, भिजुअल आर्टिस्ट ट्रेसी एमिन, वातावरण अभियन्ता एडिनिके ओलाडुसु र लेखिका क्रिस्टियाना रेभेरा गार्जा लगायत छन् ।
यसैगरी भारतकी फोटोग्राफर आरती राव, कुस्ती खेलाडी विनेश फोगाट, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, बंगलादेशकी जलनपीडित अभियानकर्ता जन्नतुल फिर्दौस लगायत छन् । शिलशिला गत वर्ष ८ मार्चमा अनलाइनखबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा पनि परेको शिलशिलाका बाबु राजेन्द्र आचार्य बताउँछन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

बागलुङमा जीवन शर्मा साँझका लागि तयारी तीब्र

हरितालिका तीज मेला हुने

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी

‘रक एंकरिङ’ मार्फत काभ्रेभिरमा सडक विस्तार

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com