Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दिगो आर्थिक विकास र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी आवश्यक छ – वर्षमान पुन

  • २ वर्ष अगाडि

बागलुङ , १ पुस । नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले दिगो आर्थिक विकास र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभएको छ । उहाँले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारी सृजना हुन नसकेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ र नेकपा (माओवादी केन्द्र ) बागलुङ नगर समितिको आयोजनामा भएको ‘वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयक विचार गोष्ठीमा पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पुनले नेपाल कुनै देशसँग सैन्य गठबन्धनमा नबस्ने बताउदै आर्थिक साझेदार भने हुन सकिने बताउनुभयो ।

अहिले पुँजीबाटको गणतन्त्रबाट समाजवादको गणतन्त्रमा पुग्ने हाम्रो लक्ष्य रहेको बताउदै नेपालको लोकतन्त्रमा भइरहेको कमी कमजोरीलाई सुधार गरेर लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले लोकतन्त्रलाई सुधार गर्न संरचना, नेतृत्व र संगठनको कमी कमजोरीलाई सच्चाउन आवश्यक रहेको जानकारी दिनुभयो । “लोकतन्त्रमा भएका नयाँ आयामलाई स्विकार गर्दै कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्न आवश्यक छ” पुनले भन्नुभयो “नेकपा माओवादी केन्द्रले जनस्तरबाटै लोकतन्त्रलाई सुधार गर्दै, सुशासन र समृद्ध नेपाल निर्माणको अगुवाई गर्छ ।”

व्यवस्था बदलिएपनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको स्विकादै नागरिकको अवस्थामा सुधार ल्याउने समाजवाद उन्मुख आर्थिक नीति ल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको बाउनुभयो ।

समृद्धको बाटोमा नेपाल जानका लागि सुशासन कायम गर्न आवश्यक रहेको बताउनुभयो । रेमिट्यान्सबाट भित्रिएको रकमलाई हामीले सदुपयोग गर्न र कृषि क्षेत्रलाई आधुनिकिरण गर्न आवश्यक रहेको बताउनुभयो ।

पर्यटन र जलश्रोत क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने अहिलेको मुख्य आर्थिक कार्यभार भएको उहाँको भनाई थियो ।

अहिले विदेशको सीप र अनुभव र कमाएको रकम देशको प्रगतिमा लगानी गर्न प्रवासी नेपालीको मुख्यको दायित्व भएको र रेमिट्यान्सलाई पुन विदेश पठाउने परम्पराको अन्त्य गर्न आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) बागलुङका संयोजक राजिव घिमिरेले बागलुङको आर्थिक विकास , रोजगारी सृजना र गरिवी निवारणमा सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com