Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं” अभियान सुरु

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, पौष १६ ।  ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा “जनता जगाऔं, काँग्रेस बढाऔं” अभियान अन्तर्गत पालिका तथा वडामा जिम्मेवारी तोकिएका प्रतिनिधिहरुका लागि बागलुङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ बागलुङको आयोजनामा कार्यक्रम सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले पार्टीका संस्थापक नेताहरूको सम्झना गरेका छन् । नेपालीबीच राष्ट्रिय एकता तथा मेलमिलाप गराउन नेपाली कांग्रेसले मात्रै सक्ने भन्दै त्यसका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए । लोकतान्त्रिक गणतन्त्रलाई अझ समुन्नत र सुदृढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता र मेलमिलापमा जोड दिइएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले बलियो कांग्रेस बनाउन सम्पूर्ण कार्यकर्ताबीच एकता र मेलमिलाप हुनुपर्ने बताउनु भयो । काँग्रेस काँग्रेसबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने उहाको भनाइ छ ।आपसी एकता, विश्वास र मेलमिलाप अहिलेको जरुरी आवश्यक्ता रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका बागलुङका सभापति जित शेरचन पूर्वपार्टी सभापति हरिप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस बागलुङका पार्टी सचिवक सचिव हरिहर शर्मा, क्षेत्रिय उपसभापति हरि बहादुर जिसी, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुली लगाएले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उदघाटन कार्यक्रम क्षेत्रिय सभापति चण्डी प्रसाद शर्मा पौलेलको अध्यक्षता र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो । “जुझारु कार्यकर्ता, उर्जाशिल नेतृत्व र गतिशिल संगठन” भन्ने मुल नाराका साथ क्षेत्रिय समितिले क्षेत्र नं १ का ३७ वटा वार्डमा तोकेका १ सय १५ जना र ४ पालिका प्रतिनीधिलाई वडा वडामा काँग्रेसको विचार जनता सम्म पुऱ्याउन ति प्रतिनिधि हरुलाई प्रशिक्षण दिएको हो । सो अवसरमा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा कृष्ण पौडेलले , संगठन सुदृडीकरण, संगठन विस्तारको रणनीति, गण्डकी प्रदेश सभा सदस्य डिल्लिराम सुवेदीले काँग्रेस किन बन्ने,सामाजिक सञ्जालमा फैलने गलत अफवाका वारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै क्षेत्रिय सभापति चण्डी प्रसाद शर्मा पौडेलले अभियानको मूख्य उद्देश्य ,”जनता जगाऔं, काँग्रेस बढाऔं” अभियान ,पालिका र वडा तहमा तोकिएका प्रतिनिधि कामका बारेमा प्रशिक्षण दिनु भएको थियो । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बगलुङको मिति गत मंसिर १९ गतेका बसेको बैठकको निर्णयानुसार पार्टीको क्षेत्रीय तह‌मा सांगठानीक गतिविधिहरुलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक सम्मेलन, प्रशिक्षण, गठन, पुर्नगठन अभिलेखहरुको व्यवस्थापन पार्टी जनप्रतिनिधि र जनता विचको समन्वय र सहजिकरण संयन्त्रलाई नियमित र व्यवस्थीत गर्ने लगाएतका सांगठानिक कार्यमा केन्द्रित पालिका र वडा तहमा तोकिएका प्रतिनिधिहरु मार्फत नेपाली काँग्रेसको विधान बमोजिम संगठन सुदृढिकरणका लागि “जनता जगाओं कांग्रेस बढाओं अभियान सञ्चालन गर्ने तयारी गरेको क्षेत्रिय सभापति चण्डी प्रसाद शर्मा पौडेलले बताउनुभयो ।

सो अवसरमा पालिका प्रतिनीधिलाई २० बुदे र वडा प्रतिनीधिलाई २३ बुदे कार्य विभरण दिइएको छ । के हो राष्ट्रिय एकता र मेलमिलाप दिवसको महत्व २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइएको हो ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

ताजा समाचार

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक
रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक
पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु
पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु
ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

ट्रेन्डिङ

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com