Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कुश्मिसेरा राङखानी सडक कालोपत्रे नहुँदा स्थानिय आन्दोलित

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ , २३ पुस । काम नगर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर, निर्माण व्यवसायीको लापार्बाही बन्द गरौँ, काम नगर्ने ठेकेदार कम्पनीको म्याद थप नगरौँ लगायतका नारा लगाउँदै मंगलबार पूर्वाधार विकास कार्यालय घेराऊ गरिएको छ ।

बागलुङ–कश्मिसेरा–बरेङ–शान्तिपुर सडकको कुश्मीसेरा–रुम्टा–राङखानी खण्ड कालोपत्रे नगरी ठेकेदार कम्पनी भागेपछि संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्तरगत पूर्वाधार विकास कार्यालय घेराऊ गरेको हो ।

तीन पटक म्याद थप गर्दा समेत कालोपत्रे नगरी ठेकेदार कम्पनी भागेपछि जैमिनीका नागरिकले नाराबाजी गर्दै कार्यालय घेराऊ गरेका हुन् । दोस्रो चरणको कार्यक्रम अन्तरगत संघर्ष समितिले सोमबारदेखि अनिश्चितकालीन घेराऊ गरेको हो ।

संघर्ष समितिका संयोजक भीम श्रीषले सडकको दुरावस्था बनाउने ठेकेदार कम्पनीलाई कार्वाही गर्नु पर्ने माग गरेका हुन् । ‘सडकको दुरावस्था छ, सडक कालोपत्रे नहुँदा नागरिकले शास्ती भएका छन्, दुर्घटनाको जोखिम उस्तै छ ।’ त्यसैले आन्दोलनको कार्यक्रम गरेका छौँ ।’उनले भने

पहिलो चरणको कार्यक्रम अन्तरगत संघर्ष समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई १५ दिने अल्टिमेटम सहितको ध्यानाकर्षण गराएको थियो । समितिले माग सम्बोधन नहुँदासम्म आफुहरु निरन्तर संघर्षमा लाग्ने बताएको छ ।

संघर्ष समितिका कुलचन्द्र शर्माले बागलुङका जनप्रतिनिधिकोपनि ध्यानाकर्षण गराइएको बताए । आफुहरुले उठाउँदै आएका मागहरु सम्बोधन नगरिए जनप्रतिनिधि विरुद्धपनि संघर्ष गरिने बताए ।

संघर्ष समितिका राजेन्द्र आचार्यले आफुहरुको माग सम्बोधन नगरिए झन कडा संघर्षका कार्यक्रम गरिने बताए ।
१० किलोमिटर लम्बाई रहेको त्यस सडक खण्डको हालसम्म ५७ प्रतिशत भौतिक प्रगति र ५६ आर्थिक प्रगति भएको छ । पहिलो पटक शर्मा क्याराभान जेभिले २०७६ असोज २८ गते सम्झौता गरेको थियो । त्यस सडक खण्ड कालोपत्रेकोलागि २४ करोड ५८ लाख ५७ हजार ८१७ रुपैयाँमा सम्झौता गरिएको थियो ।

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश कुमार घिमिरेले निर्माण कम्पनीलाई ७ पटकसम्म पत्रचार गरिएको बताए ।
‘मैले समयमै काम सम्पन्न गर्नकोलागि ७ पटकसम्म पत्राचार गरिसकेको छु,’ ‘उहाँहरुलाई समयमै काम सम्पन्न गर्नकोलाग दबाव दिइरहेको छु ।’ उनले कम्पनीलाई समयमै काम सम्पन्न गराउन प्रतिबद्ध रहेको बताए ।

संघर्ष समितिको निरन्तरको दबावपछि माघको पहिलो सातादेखि काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
कम्पनीका प्रतिनिधि तेजराज शाही आफुहरुले माघको पहिलो हप्तादेखिनै काम गर्ने बताए ।

‘हामीसँग धेरै इक्वेपमेन्ट छन्, म्याग्दीमा काम गरिरहेको टिमलाई त्यहीँ ल्याउँछौ, केही काम भएका छन् ।’ त्यसैले चैत्र मसान्तसम्म काम सक्छौँ, केही गरि सकिएन भने असार मसान्तसम्म जसरीपनि सक्छौँ ।’
ठेकेदार कम्पनीले निर्धारित समयमा नै काम सक्छौँ भन्ने प्रतिबद्धता जनाएपनि उनीहरुको काम गर्ने शैलीका कारण विश्वस्त भइहाल्ने अवस्था अझै छैन । विकास निर्माणमा चरम ढिलासुस्ती र लापाबाही गर्ने ठेकेदार कम्पनी र निरन्तर उनीहरुको संरक्षण गरिरहने पूर्वाधार विकास कार्यालयलाई खबरदारी गरिराखौँ ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com