Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बसपार्क सञ्चालनमा आएता पनि जग्गादाताले पाएनन् जग्गा

  • १ वर्ष अगाडि

बागलुङ , १२ फागुन। आफ्नै दैलोमा बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरकी फूलमाया जिसीले वर्षभरी खानपुग्ने धान फल्ने खेत निशुल्क उपलव्ध गराईन् । २०६५ सालमा बसपार्कका लागि जग्गा दिएकी फुलमायाँ बसपार्क बन्ने आशामा थिइन् । तर, बसपार्क निर्माणको काम सुरु नै नहुँदै उनले २०६८ सालमा संसार छाड्नुभयो।

जिसीले जग्गा दिएको १८ वर्ष पुरा भएको छ । बसपार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो नाममा रहेको जग्गा समितिको नाममा दिएको वर्षौं बित्यो ।

फूलमाया यो संसारमा नरहेपनि उनका छोराहरु अझैपनि उपयोग भएर बचेको जग्गा फिर्ता पाउने आशामा छन् । उहाँ जस्तै जग्गा दिनेको संख्या धेरै छ । उहाँहरुको फिर्ता पाउने जमिनको लालपूर्जा कुर्दाकुर्दै २३ वर्ष बित्यो।

बागलुङ बसपार्क बनेर छ महिना पहिला तामझामका साथ उद्घाटन भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कको उद्घाटनमात्रै गरेनन् ।

जग्गादाताले बचेको जग्गा फिर्ता गर्दा लाग्ने राजश्व मिनाहाको घोषणासमेत गरे । नगरपालिकाले बसपार्क यातायात व्यवसायीलाई ठेक्कामा लगाएर वार्षिक भाडा बुझ्न थालेको छ तर जग्गा दाताले आवश्यक पूर्वाधार नबन्दा आफ्नै जग्गा फिर्ता पाउन साह्रै ढिला भएको छ ।

जसका कारण जग्गा दाताहरु हैरानी खेप्न बाध्य भएका छन् । यस बिचमा धेरै जग्गादाताहरु बिते तर सम्झौता अनुसार जग्गा नपाउँदा दाताहरु निरास भएका छन् ।

बसपार्क सञ्चालनमा आइसक्दा समेत आफ्नै जग्गा फिर्ता नपाएपछि जग्गादाता आन्दोलित भएका हुन् । जग्गादातालाई न्याय गर्नुपर्ने, तत्काल जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग राखेर जग्गादाता आन्दोलित भएको फूलमायाका छोरा हरिबहादुर जिसीले बताउनुभयो ।

वर्षौं बितिसक्दा समेत जग्गा फिर्ता नहुनु दुःखद भएको भन्दै जग्गा दाताले आफ्नो जग्गा नपाउँदासम्म बसपार्कमै अनसन बस्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

उपल्लाचौरको दावगह्रामा जमिन रहेका ५१ जना मोहीले ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिलाई उपलव्ध गराएका थिए । २०६० सालदेखि २०७० सालको बीचमा ५१ जनाले जग्गा व्यवस्थापन समितिको नाममा उक्त जग्गा उपलव्ध गराएको लिखत छ ।

नगरपालिकाले सुरुमा बसपार्कका लागि १० रोपनी जमिन खोजेको थियो । बसपार्कको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दासम्म १७.५ रोपनी जमिन बसपार्कका लागि आवश्यक देखियो ।

सोही अनुसारको जमिन समितिले बसपार्कलाई उपलव्ध गराएपछि बसपार्क बनेको हो । बाँकी जग्गामा सडक, खानेपानी, विद्युतलगायतका पूर्वाधार नगरपालिकाले बनाईदिएपछि जग्गा फिर्ता गर्ने सम्झौता रहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो ।

समितिले जग्गा फिर्ता गर्दा झण्डै ३ करोड राजश्व तिर्नुपर्छ । निःशुल्क जग्गा दिएका दातासँग जग्गा पास खर्च माग्न कठिन भएकाले राजश्व छुटका लागि प्रक्रिया अगाडी नबढ्दा जग्गा फिर्ता गर्ने कार्यमा ढिलाई भएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्रीले घोषणा गरिसकेकाले नगरपालिकाले पहल गरेर तत्काल राजश्व छुटको निर्णय गराइनुपर्ने राजभण्डारीले बताउनुभयो । दातालाई जग्गा फिर्ताका लागि समिति तयार हुँदाहुँदै राजश्व छुट, पूर्वाधार निर्माणलगायतका कामका कारण ढिलाइ भएको उहाँको भनाई छ ।

दातालाई फिर्तागर्ने जग्गामा सामान्य सडक बनाउन समेत समितिसँग बजेट नभएको र नगरपालिकाले बजेट नदिएकाले अफ्ठेरो परेको उहाँले बताउनुभयो। बसपार्क बनाउनका लागि करोडौं मूल्य पर्ने जमिन निःशुल्क उपलव्ध गराउनु भएका बागलुङ नगरपालिका–४ उपल्लाचौर दावगह्राका मोहीहरु अहिले आफ्नै जमिन फिर्ता माग्नका लागि आन्दोलित हुनु परेको हो ।

बागलुङ नगरपालिकाले जग्गा रेखाङ्कन गर्न र बाटो बनाएर जग्गा धनिलाई जग्गा दिन आवश्यक बजेट दिएमा पूर्वाधार निर्माण गरि जग्गा वितरणमा सहज भई जग्गा धनीलाई तत्काल जग्गा उपलब्ध गराउन सकिने राजभण्डारीले बताउनुभयो ।

नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जग्गादाताले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुख्यमन्त्री आफैले घोषणा गरेको राजश्व छुटको विषयमा प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गर्ने भएकाले त्यतिबेलासम्म कुर्न आग्रह गर्दै उहाँले बाँकी जग्गा फिर्ताको काम समितिको भएको बताउनुभयो ।

२०७१ साल पौष २२ गते जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाको बीच चार वर्ष भित्रमा बसपार्क बनाइसक्ने र बाँकी रहेको जमिन दाताहरुलाई फिर्ता गर्ने गरी १२ बुँदे सम्झौता भएको थियो ।

सम्झौता अनुसार बाँकी रहेको जमिनमा आवश्यक पूर्वाधार निर्माणको काम बागलुङ नगरपालिकाले गर्ने उल्लेख छ । यस विषयमा जग्गा दाताहरुसँग भोलि बिहान छलफल गर्ने कार्यक्रम रहेको जग्गा व्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com