बागलुङ, १० कार्तिक । बागलुङमा दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेका जिल्ला बागलुङ गल्कोट नगरपालिका वडा नं. ०१ दुधिलाभाटी बस्ने वर्ष ६० को जंग बहादुर पुन रहेका छन् । उनलाइ बैंकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन द्वारा विभिन्न मितिमा भएको फैसलाले ६ दिन कैद सगैँ सैतीस लाख चौपन्न हजार रुपैँया जरिवाना तोकिएकाे र उनी फरार थिए ।
साेही ठाँउकै २०वर्ष को सुदिप नेपालीलाई सम्मानित जिल्ला अदालत बागलुङबाट मिति २०८१/०३/०५ गते फैसला भएको पशुपंक्षी विरुद्दको कसुरमा दुई महिना सात दिन कैद सजाय तोकिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
उनीहरु दबैलाइ इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको होभने मिति २०८२/०७/०९ गते सम्मानित बागलुङ जिल्ला अदालत बागलुङमा पठाइएको सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक पाण्डेले जानकारी दिनुभयो ।
दुबै फरार प्रतिवादीहरु फैसला कार्यन्वयनको लागी बागलुङ जिल्ला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।










