Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

  • नेपाल सञ्चार
  • २ घण्टा अगाडि

बागलुङ,  ९ कार्तिक । बागलुङको क्षिमेकी जिल्ला म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार २०६२ साल असोज ६ गते राति बेनी नगरपालिका–६ (साविक अर्थुङ्गे–८) माझखेतका ६५ वर्षीय कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न कृष्ण भन्ने ठहरबहादुर घर्ती क्षेत्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

बेनी नगरपालिका वडा ६ जरबुटा बस्ने वर्ष ४३ का घर्तीलाई गोप्य सूचनाको आधारमा यही कात्तिक ७ गते बेलुका ९ बजेको समयमा निजकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका घर्तीले प्रहरी समक्ष हत्यामा आफू संलग्न भएको स्वीकार गरेको उहाँले बताउनुभयो ।

तत्कालीन समयमा घरको पिँढीमा सुतिरहेको अवस्थामा टाउकोमा दाउराको चिर्पटले प्रहार गरी कर्णबहादुरको हत्या गरिएको थियो । सो क्रममा उहाँको श्रीमती ६० वर्षीय इन्द्रकुमारी घर्ती क्षेत्रीलाई पनि प्रहार गरी गम्भीर घाइते बनाई सुनका गरगहना लुटिएको प्रहरीको घटना विवरणमा उल्लेख छ ।

उक्त घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतकका आफन्त ठहरबहादुरलाई खोजी गर्दै आएको थियो । ठहरबहादुर हत्या घटनापछि गाउँबाट भागेर अन्यत्र गएका थिए ।

ठहरबहादुर २०५९ पुस महिनादेखि जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय भई ८ वर्ष ९ महिना ५ दिन कैद बाँकी हुँदा २०६० सालमा तत्कालीन नेकपा माओवादीले बेनी आक्रमणका क्रममा म्याग्दी कारागारबाट भागेर फरार भएका थिए । कारागारबाट फरार भएका ठहरबहादुरले २०६२ असोज ६ गते राती आफन्त पर्ने कर्णबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या घटनापछि ठहरबहादुर भारतको मुम्बईमा पाँच वर्ष बसेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । त्यसपछि पोखरामा कान्छी श्रीमतीसँग बस्दै विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरेर लुकीबसेको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा ठहरबहादुरले अपराध स्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मृतक र मृतककी श्रीमतीसँग काम गरेपछि थप पैसा माग्दा ‘जेलमा सड्ने मान्छेले पैसा किन माग्छस्’ भन्दै हाँसेपछि रिसमा आएर राति गएर दाउराले प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले हत्यामा संलग्नलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । गोरखपत्र अनलाईनबाट साभार

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

ताजा समाचार

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
 जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

ट्रेन्डिङ

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com