Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

  • नेपाल सञ्चार
  • ३ दिन अगाडि

बागलुङ , २५ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । ईमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली अहिले सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले नेपाली विरुद्ध रु.एक अर्ब ५८ करोड विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बागलुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ । यस्तै उनकी श्रमती छेला नेपाली बिरुद्ध रु. ६ करोड ९८ लाख विगो मागदावी मुद्दा दर्ता गरिएको हो ।

पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सहकारी ठगीलाई आधार बनाएर जिल्ला अदालत बागलुङमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।

सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो ।

नेपाली ११ असोज, २०८१ मा उनी भारतमा पक्राउ परेका थिए । त्यसपछि नेपाल ल्याइएका उनी अदालतमा पेश भएपछि पुर्पक्षका लागि थुनामा छन् । नेपालीकी श्रीमती छेला नेपाली भने फरार रहेकी  छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पती शुद्धिकरण निवारण ऐन २०६४ अनुसार नेपाली लगायतमाथि १७ जनामाथि सम्पत्ति शुद्धीकरण लगायतमा मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो । त्यही प्रतिवेदनका अनुसार नेपाली दम्पतीलाई सम्पती शुद्धिकरणको मुद्धा चलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

पहिराले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com