Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

  • नेपाल सञ्चार
  • ६ दिन अगाडि

बागलुङ , २२ असोज । बागलुङमा नगर पालिका वडा नं ४मा रहेको निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ हुने भएको छ ।
महायज्ञ मुल स्मारोह समितीले आज पत्रकार सम्मेलन गरि आश्रमको अक्षयकोष श्रीवृद्दी गर्ने र मानवता प्रवद्र्धनमा टेवा पुर्याउने अभिष्टले कात्तिक २१ गतेदेखि २८ गते सम्म ज्ञानविज्ञान महायज्ञ हुने जनाएको हो ।

मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सात प्रदेशको २१ जिल्लाहरुमा २७ वटा सेवा केन्द्रहरु संचालनमा रहि २हजार जना सहयोगापेक्षी आमाबुबा दाजुभाई दिदीवहिनी र बाबुनानीहरु मानवसेवा आश्रमको संरक्षणमा रहेको बताउनुभयो ।
वागलुङ सेवा केन्द्रमा विभिन्न उमेर समूहका ६६ जना संरक्षणमा रहेको सुनाउँदै मानवसेवा आश्रमले मानव भई जन्मिएर पनि सामान्य न्युनतम मानवअधिकार (मानवोचित व्यवहार) प्राप्त गर्न नसकी खुला आकाशमुनी, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैले केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार,पालनपोषण, संरक्षण, पारिवारिक पुनःमिलन सँगै मानवता प्रवर्दनका कार्यक्रमहरु संचालन गर्दै २०८२ साल भित्रमा नेपाल राष्ट्रलाई तीनै तहका सरकारहरुको सहभागिता र अभिभावकत्वमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गरि घोषणा गर्ने र घोषणा पश्चातको पूर्ण कार्यन्वयमा समर्पित रहने अधिकारीले प्रतिबद्दता व्यक्त गर्नुभयो ।

मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणाधिन भवननिर्माण सेवा २०८२ चैत्र मसान्त भित्र सम्पन्न गरि २०० जना सहयोगापेक्षीहरुलाई सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।
मानवसेवा आश्रम वागलुङ शाखाको अक्षयकोष श्रीवही गरी १० करोडको निर्माण गर्ने अधिकारीले बताउनुभयो ।
महायग्य भर विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन् जसमा कार्तिक २१ गत्बिहान भजन सहित सांस्कृतका झाँकी शखनाद बिसाल शोभाकलस यात्रा नगर परिक्रमा भइ साढे १० बजे महायज्ञ उद्घाटन हुने छ भने दोश्रो दिन २२ गते देखि २८ गते सम्म बिहान योग शिविर सञ्चालन गरिने छ तेश्रो दिन बागलुङ , म्याग्दि र पर्वतमा रहेका सामुदायिक तथा संस्थापक विद्यालयमा अद्ययनरत १०, ११, १२ कक्षाका विद्यार्थीलाई मनको व्यवस्थापन सकारात्मक सोच एवं मानवता प्रवद्र्वन ज्ञान वदक उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिने छ भने निशुल्क स्वास्थ्य शिविर ,प्रत्येक दिन बिहान ११ः०० देखि ४ः०० बजेसम्म श्रद्देय गुरु भागवत भाष्कर कमलनयन गौतमज्युबाट सङ्गीतमय श्रीमद् भागवत कथा प्रवचन एवं दाता सम्मानको कार्यक्रम, कथा प्रवचन सँगै ख्यातिप्राप्त कलाकारहरूबाट गीत, सङ्गीत,भजन, कीर्तन,झाँकी, देव लीला,नृत्यहरू प्रस्तुत हुने छन् भने पञ्चायन पूजा, लक्ष्य वर्तिका, पितृ उद्धार, धान्याञ्जल, तुलादान,ग्रहशान्ति,८४ पूजा महामृत्युजय, जप,पाठ, परायण आदिका धार्मिक अनुष्ठानका सेवाहरु पनि सँगसँगै अगाडी बडिरहने
छन् ।
त्यस्तै गरि प्रत्येक दिन साँझ ६ः०० बजेदेखि ७ः३० सम्म स्थानीय कककलोकाहरुद्वारा भजन कीर्तन र ७ः३० देखि ९ बजेसम्म राष्ट्रिय कलाकारहरुबाट भजनकिर्तनको कार्यक्रम , महायज्ञको समयमा समाजमा आफ्नो कर्मको माध्यामबाट आफ्नो छुट्टै पहिचान बनाउनु भएका विभिन्न विधा, क्षेत्रका व्यक्तिहरु वरिष्ठ कलाकारहरु र विभिन्न धार्मिक एवं आध्यात्मिक क्षेत्रबाट गुरुबाटहरुको उपस्थिती गराइने र महायज्ञ अवधिभर विभिन्न क्षेत्रहरुमा आफ्नो पहिचान बनाउने सफल असल व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

महायज्ञमा अन्य जिल्लामा ३० देखी ५० लाख खर्च भएको छभने बागलुङमा पनि त्यो भन्दा कम खर्च हुने योजना रहेको अधिकारीले जानकारी दिनुभयो ।
बन्दै गरेको मानव आश्रम हाल सम्म रु पाँच करोड रुपैँया खर्च भैसकेको र अझै ३ देखि ४ करोड रुपैँया आवश्यक रहेको अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिती बागलुङका अध्यक्ष अमर थापा र नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तले मन्तव्य राख्नुभएको थियो ।
पत्रकार सम्मेलन महायज्ञ मुल स्मारोह समितीका संयोजक सहदेव राजभण्डारीको अध्यक्षता बागलुङ नगरपालिका नगर उपप्रमुख एवं मुल समारोह समितीका सहसंयोजक राजु खड्काको स्वागत र युक्त सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
महायज्ञभरमा श्रद्देय गुरु भागवत भाष्कर कमलनयन गौतमले श्रीमद् भागवत कथा प्रवचन गर्नुहुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

पहिराले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com