Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

  • ३ घण्टा अगाडि

बागलुङ, २८ असोज ।  डेङ्गीका विरामी दैनिक रुपमा बढ्दै गएपछि यसको  नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू गरिएको छ । समुदायमा सचेतना जगाउन यो अभियान सुरू गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।
उक्त अभियान वडा नं. १ मा वडा कार्यालय रामरेखा, वडा नं २ मा समीक्षालयरोड रोड, वडा नं. ३ मा बुद्ध बिहार र वडा नं. ४ मा वडा कार्यालयबाट सुरू गरिएको हो ।

अभियानमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टको बासस्थान रहेका सडक, नाली लगायत सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिको सफाइ गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने त्यस्ता स्थल भेटिएमा नष्ट गरिने खनालले बताए ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने उनको भनाइ छ ।

लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।

हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ । डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।

सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो ।

लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ । डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि जिल्लाका सबै वडाहरुमा विद्यालय स्वास्थ्य शिक्षा र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्लामा डेङ्गी सङ्क्रमितको संख्या दुई सय ५७ पुगेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकामा एक सय ३६ जनामा डेङ्गी रोग देखिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडीगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण भएको कार्यालय प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

तमानखोला र बरेङ गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित भेटिएका छैनन पछिल्लो समय जिल्लामा डेङ्गी रोगको प्रकोप बढ्दो क्रममा रहेको उनले बताए । डेङ्गी न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि आइतबार सरोकार भएका पक्षहरुबीच बैठक बसी योजना बनाइएको थियो ।

डेङ्गी रोग परीक्षणका लागि किटको अभाव हुन नदिइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका दसवटै स्थानीय तहका स्वास्थ्य शाखामा परीक्षण किट उपलब्ध रहेको निमित्त कार्यालय प्रमुख सापकोटाले बताए ।

डेङ्गी रोग नियन्त्रण तथा रोकथामकाका लागि धवलागिरि अस्पताल, सम्बोधन परियोजना, धवलागिरि आयुर्वेद असपताललगायत स्वास्थ्य संस्था तथा निकायहरुसँग आपसी पहल र समन्वय गरिएको उनको भनाइ छ । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेङ्गीलाई सामान्य रुपमा लिन नहुने चिकित्सक बताउँछन् ।

डेङ्गीको लक्षण देखिएमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनीहरूको सुझाव छ ।

डेङ्गी सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ । अधिकांश डेङ्गीका बिरामी सामान्य उपचारपछि निको हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

पहिराले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com