काठमाडौँ , १२ कार्तिक । नेकपा एमालेबाट निर्वाचित पूर्वसांसद एवं प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।
प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए ।
भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ बढी ठगी गरेको जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समयदेखि प्रहरी कार्यालयमा अलपत्र थियो ।
								
															










