बागलुङ , १४ फागुन । बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने भएको छ ।
“गन्तव्य बागलुङ कालिका स्थानिय उत्पादनको प्रवर्धन कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन ” भन्ने मुल नाराका साथ आगामी चैत १० गते देखि १४ गते सम्म हुने कालिका भगवती गुठि व्ययवस्थापन समितिले जनाएको छ ।
चैत्राष्टमी मेलामा कालिका कप खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो ।
पुरुष भलिवलको बिजेतालाई नगद ३ लाख द्धितीय हुनेलाई नगद १ लाख पचाँस हजार, सेमिफाइनल उपविजेता समुहलाई नगद ५० हजार र उत्कृष्ट खेलाडिलाई नगद ५ हजार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यस्तै महिला भलिवलको बिजेतालाई नगद १ लाख द्धितीय हुनेलाई नगद ५० हजार, सेमिफाइनल उपविजेता समुहलाई नगद १० हजार सहित र उत्कृष्ट खेलाडिलाई नगद ५ हजार प्रदान गरिने खड्काले बताउनुभयो
यस्तै मेलाको अवसरमा छेलो प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता ,राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेला बागलुङ नगरपालिका १ मा रहेकाे वाल उद्यानमा हुने समितिले जनाएको छ ।













