Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

  • नेपाल सञ्चार
  • ७ दिन अगाडि

बागलुङ , २६ चैत्र । बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध रहेका छन । कुल दुई लाख ४९ हजार २११ जनसंख्या रहेकोमा कुल ४६ हजार ४५४ घरपरिवार आवद्ध रहेको विमा बोर्ड सम्पर्क कार्यालय बागलुङका संयोजक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य विमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका अनुसार जिल्लामा हाल सम्म वर्ष १ लाख ४३ हजार ६५२ जनाले स्वास्थ्य विमा गरेका छन । जसमा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष विमा गर्नेको संख्यामा भने ९ प्रतिशतले बृद्धि भएको छ ।
गत वर्ष ४९ प्रतिशत विमित थिए भने यस वर्ष ५८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।
‘स्वास्थ्य बीमामा आबद्ध भएपछि १ लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले स्वास्थ्य बीमा गराउनेको संख्या बढिरहेको छ, वर्षमा एक पटक प्रमियम तिरेपछि सुचिकृत भएका अस्पतालहरुबाट वर्षभरी उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेल बताउनुहुन्छ ।
३० प्रतिशतले नविकरण गर्दैन
स्वास्थ्य विमामा आवद्ध हुनेको संख्या बढ्दै गएता पनि नविकरण नगर्नेपनि त्यतिकै रहेका छन । जिल्लाको कुल विमित सदस्य मध्ये ३० प्रतिशतले भने नविकरण गर्दैनन् । ‘हरेक वर्ष झण्डै ३० प्रतिशत नागरिकले नविकरण गर्दैनन, पौडेलले भन्नुभयो,–स्वास्थ्य संस्थाले दिने सेवा प्रति नागरिक सन्तुष्टी छैनन्, केही प्रक्रिया झण्झटीले मान्दै आएका छन, अस्पतालबाट सेवा लिएपश्चात तोकिएका औषधी पनि समयमा नपाउँदा विमित भएका सवै सदस्यले नविकरण गर्दैनन् ।
तोकिएका औषधी नपाएको विमितको गुनासो
स्वास्थ्य विमा गरेपनि तोकिएका औषधी नपाएको भने विमितको गुनासो रहेको छ । सरकारले १ हजार २८८ प्रकारका औषधी विमाबापत पाउने भनेपनि अस्पतालको फार्मेसीमा औषधी नभएपछि नविकरणका निम्ती चासो नहुने विमित सदस्य लक्ष्मी शर्मा बताउनुहुन्छ । ‘हामी नियमित खानुपर्ने औषधी विमाबाट नै पाउने सुविधा छ तर अस्पतालमा समयमा नै खरिद नहुँदा त्यो औषधी किन्नुपर्ने बाध्यता हुन्छ शर्माले भन्नुभयो–‘विमा गर्दा अन्य सुविधा त सहज छ तर औषधी नपाउँदा किन गरिएछ जस्तो हुन्छ ।’ पछिल्लो समयमा विमा बोर्डले केही सर्तहरु परिवर्तन गरेपश्चात नविकरण गर्ने पनि घट्दै गएका छन । यस अघि ३ हजार ५०० रुपैयाँको विमा शुल्क तिरेपश्चात पाँच जनाको परिवारले १ लाख रुपैयाँ बराबरको सेवा सहजै प्राप्त गथ्यो भने हाल बहिरङ सेवामा २५ हजार सिमा तोकिएको छ । बाँकी इमेरजेन्सी र भर्ना बापत खर्चगर्न पाईने प्रावधार बनाईएको छ । साथै अन्य आठ प्रकारका कडा रोकका लागि थप रुप १ लाख रुपैयाँको व्यवस्था गरिएको छ । विमाबोर्डले सेवा लिएपछि विमितको मोबाइलमा म्यासेज आउने व्यवस्था समेत गरेको छ ।
७० प्रतिशत विरामी विमाबाट विमित
स्वास्थ्य विमा संचालन भएसँगै जिल्ला सदरमुकाममा रहेको धौलागिरी प्रादेशिक अस्पतालमा भने झण्डै ७० प्रतिशत नागरिकले विमा मार्फत नै उपाचर गर्दै आएका छन । दैनिक झण्डै ४ सय देखी पाँच सय विरामी अस्पतालमा उपचार आउँछन ति मध्ये ७० प्रतिशत विमित सदस्य रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डण्ट प्रविण घिमिरेले जानकारी दिन्भयो ।
स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु धौलागिरी पा्रदेशिक अस्पताल बागलुङ, गलकोट नगर अस्पताल, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ अस्पतालबाट उपलब्ध छ । अहिले बडिगाड आधारभूत अस्पतालमा समेत प्रथम सेवा बिन्दु उपलब्ध भएको बोर्डका बागलुङका संयोजक पौडेलले जानकारी दिनुभयो ।
१० औं स्थापना दिवस मनाइयो
मंगलबार स्वास्थ्य विमाको १०औं स्थापना दिवसको अवसरमा धौलागिरी अस्पतालमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले स्वास्थ्य विमा कार्यक्रमले सवै वर्गको उपचारमा सहज भएको बताउनुभयो । उहाँले पछिल्लो समय विमा बोर्डले गरेका केही निर्णय प्रति नागरिकको असन्तुष्टी देखिएता पनि बुझेको नागरिकले यसलाई नियमितता दिएको बताउनुभयो । उनले बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम मार्फत नगरभित्रका दलित अल्पसंख्या र विपिन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य विमा बोर्ड शाखा कार्यालय बागलुङका नारायण प्रसाद पौडेलले समग्र जिल्लाको स्थितीको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, दर्ता सहयोगी निर्मला शर्माको स्वागत र अस्पतालका प्रशासन शाखा प्रमुख तुलसीराम कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com