Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

  • २ मिनेट अगाडि

काठमाडौं, ३१ जेठ। मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताका कारण हरेक दिन सयौँ नेपाली युवाहरू आफ्नो घर, परिवार र जन्मभूमि छोडेर परदेशिन बाध्य भइरहेका छन्।

कसैले ऋण तिर्न, कसैले परिवारको गुजारा चलाउन, कसैले आफ्ना सपना पूरा गर्न त कसैले सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो वर्तमान त्यागिरहेका छन्। यही यथार्थ, यही पीडा र यही संघर्षलाई केन्द्रमा राखेर गायक तथा पत्रकार बिक्रम सुनारको नयाँ गीत सार्वजनिक भएको छ।

बाध्यताले देश छोड्नुपरेका लाखौँ नेपालीहरूको मनको आवाज बनेको यस गीतले एयरपोर्टमा परिवारसँग छुट्टिँदाको भावुक क्षणदेखि परदेशमा पसिना बगाउँदै आफ्नो परिवारको सपना पूरा गर्न संघर्षरत युवाहरूको जीवनकथा प्रस्तुत गरेको छ। यो गीतले परदेशको कथा मात्र नभइ , आफ्नै देशमा अवसर नपाउँदाको पीडा र सामाजिक यथार्थलाई समेत उजागर गरेको छ।

यो गीतमा चर्चित गायिका समिक्षा अधिकारीले आवाजमा साथ दिएकी छन । गीतका शब्द तथा लय सर्जक भुवन बिके हुन्।

गीतको भिडियो निर्देशन चर्चित मोडल गोविन्द विवशले गरेका छन्। अडियो निर्माण प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो।

त्यसैगरी भिडियोको छायाङ्कन सौगात थापाले गरेका छन् भने सम्पादन असिम चन्द्र विश्वकर्माले गरेका छन्।
भिडियोमा गीतकार भुवन बिके र अनिता नेपाललाई मुख्य अभिनयमा देख्न सकिन्छ । गीतको प्रस्तुति तथा निर्माण (प्रोडक्सन) मनिषा सदाशङ्करले गरेकी हुन्।

गायक तथा पत्रकार सुनारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले
स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

बिक्रम सुनार संगीत क्षेत्रमा मात्र नभई पत्रकारिता क्षेत्रमा पनि परिचित नाम हो । उनले करिब डेढ दशक सक्रिय रूपमा पत्रकारिता गरेका छन्। नेपालको चर्चित अनलाइन समाचार पोर्टल तथा टेलिभिजनहरूमा कार्य अनुभव हासिल गरेका सुनार नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिका सचिव समेत रहेका छन्।

पछिल्लो समय उनी आफ्नो कर्मथलो जापानमा रहेर पानि पत्रकारिता र सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्।

सुनारले यसअघि पनि लेकाली ठिटो, निगाली झाँपो, भने जस्तो होस्, परदेशीको पीडा लगायतका थुप्रै गीतहरू बजारमा ल्याइसकेका छन्।

नेपाली समाजका यथार्थ, लोकसंस्कृति, श्रम, संघर्ष र जनजीवनका कथाहरूलाई गीतमार्फत प्रस्तुत गर्दै आएका सुनारको यो नयाँ सिर्जनाले पनि परदेशिन बाध्य नेपाली युवाहरूको पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

ताजा समाचार

ट्रेन्डिङ

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com