Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

  • नेपाल सञ्चार
  • २ दिन अगाडि

बागलुङ, ७ जेठ । अमेरिकामा बसेर साहित्य सिर्जनामा सक्रिय लेखक सुरेन्द्र रेग्मीको उपन्यास कृति ‘शून्यदेखि पूर्णतासम्म’ सार्वजनिक भएको छ ।

शनिबार धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा आयोजित समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाले पुस्तक विमाचन गर्नुभयो । उहाँले प्रवासमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लेखक रेग्मीले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै क्याम्पसको नेपाली विभागका प्रमुख डा आनन्दराज सिलवालले लेखक रेग्मीले आफ्ना भोगाइलाई पात्रका माध्यमबाट जीवन्त ढङ्गले पुस्तकमा अभिव्यक्त गरेको बताउनुभयो । नवीन चिन्तनसहित लेखिएको उक्त कृतिमा पूर्वीय दर्शनको प्रभाव देखिएको उहाँको भनाइ छ । प्रवासमा रहेका नेपालीहरुको मनोदशालाई उपन्यासमा चित्रण गरिएको उहाँले बताउनुभयो ।

लेखक रेग्मीले कोभिड–१९ महामारीका बेला बन्दाबन्दी हुँदा उपन्यास लेख्न सुरु गरेको बताउनुभयो । “पाँच वर्षको मेहनपछि उपन्यासले साकार रुप लियो, यसमा ५०/६० वर्षअघिको नेपाली ग्रामीण जनजीवनको चित्रणदेखि अध्यात्मसम्मको वर्णन छ”, उहाँले भन्नुभयो, “उच्च शिक्षाका लागि सहर झरेर गर्नुपरेको सङ्घर्ष, विदेशको दुःख र भोगाइलाई पुस्तकले समेटेको छ ।”

विमोचम कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख सह प्राडा सुदर्शन सिलवाल , नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा , त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ धवलागिरि क्याम्पस इकाईका सभापती भक्तिराम न्यौपाने, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

विमोचन कार्यक्रमका प्रमुख सस्थापक संरक्षक प्राज्ञा प्रेम छोटा.को अध्यक्षता , धवलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस डिल्लिराज गौतमको स्वागत र प्राध्यापक उदयचन्द्र चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

ताजा समाचार

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस
बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस
जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश
जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश
गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट
गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

ट्रेन्डिङ

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङ जिप दुर्घटना अपडेट :पाँच जना घाईते

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com