Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सँधै स्वास्थ्य हुनाको लागी ५ टिप्स

  • ६ वर्ष अगाडि

साँच्चिकै जीवनमा स्वास्थ्यमा समस्या आउनासाथ जीवन समस्याग्रस्त हुनपुग्छ । तर स्वस्थ जीवन जिउने हो भने चाँहि जीवन सहज हुन सक्छ । साना साना कुरामा ध्यान दिँदा पनि जीवन स्वस्थ हुन सक्छ जसले तपाइँको शारीरिक मात्र होइन मानसिक तन्दुरुस्तीमा समेत भूमिका खेल्छ ।

तपाइँले आफ्ना साथीभाइ र परिवारका सदस्यलाई समेत उदाहरण बनेर देखाउन सक्नु हुन्छ । साना साना कुरामा परिवर्तन गर्नुस् परिणाम आफै देख्नु हुनेछ ।

यहाँ जीवन बदल्ने ५ स्वास्थ्य सल्लाह प्रस्तुत गरिएको छः

१- हिँडिरहनुस्
शारीरिक तन्दुरुस्तीका लागि विभिन्न अभ्यास छन् । तर हिंडडुल जति उत्कृष्ठ शारीरिक ब्यायाम केही पनि हुँदैन । दैनिकरुपमा छोँटो छोंटो दुरी भएपनि हिँड्ने बानी गर्नुस् । दिनमा १० मिनेटको दुरीमा मात्र हिँड्दा पनि तपाइँको शरीर धेरै मात्रामा स्वस्थ हुन्छ । बाहिर हिँड्न अनुकुल नभएको समयमा घरमै आगन वा छतमा वरपर गर्दै हिँड डुल गर्नुस् ।

२- पानी प्रयाप्त पिउनुस्
मानव जीवन स्वस्थ हुनका लागि पानीको मात्रा महत्वपूर्ण हुन्छ । पानीको मात्रा कमी भएको अवस्थालाई डिहाइड्रेसन भनिन्छ । पानीको मात्रा प्रयाप्त हुँदा शरीरमा पाचन प्रणाली देखि अंगहरुको परिचालनका लागि महत्वपूर्ण हुन्छ ।

पानीले नै शरीरमा भएको विषाक्त पदार्थ समेत बाहिर फाल्न सहयोग गर्छ । फलफूलका जुस पनि शरीरको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । पानी शरीरका लागि सबैभन्दा महत्वपूर्ण अवयव हो ।

३- स्वच्छ हावा र घाम
घाममा हिँडडुल गर्नुका धेरै फाइदा छन् । तपाइँको छाला घाममा पर्दा शरीरमा भिटामिन डी पैदा हुन्छ । शरीरमा रहेको क्याल्सियम उपयोग हुनका लागि भिटामिन डी अनिवार्य हुन्छ । यसले तपाइँको हाड तथा अस्तिपञ्जर प्रणालीको संरचनालाई बलियो पार्छ ।

भिटामिन डी को कमि हुँदा कुनै कुनै क्यान्सर, मोटोपन, उच्च रक्तचाप, मधुमेह लगायतका जोखिम हुन्छ । घाममात्र भिटामिन डीको श्रोत भने होइन दही घ्यू, लगायतका पदार्थमा पनि भिटामिन डी पाउँछ ।

४- आराम र निद्रा
राम्रो निन्द्राको महत्व स्वस्थ शरीरका लागि सबैभन्दा बढी छ । तनाव भरिएको आधुनिक जीवनमा आराम र प्रयाप्त निद्राले मात्र शरीरमा उर्जाको पुनर्ताजगी हुन्छ । अप्रयाप्त निद्राले थकान, उदासिनता र तनाव वृद्धी गर्छ ।

निद्रा नपुगे सम्झीने क्षमता देखि निर्णय लिने क्षमता सम्म प्रभावित हुन्छ । प्रयाप्त आराम र निद्रामा सँधै ध्यान दिनुस् ।

५- प्राकृतिक खानपान
पछिल्लो समयमा फाष्टफुड र प्याकेज फुडको चलन बढ्दै गएको छ । यस्ता खाना स्वास्थ्यका लागि भने लाभदायक मानिँदैनन् । अधिकाँश फाष्ट फुड र जंङ्क फुड भनिने प्याकेज फुडमा शरीरलाई हानी गर्ने पदार्थको मात्रा बढी हुन्छ ।

खानामा जहिले पनि ताजा तरकारी र फलफूलको मात्रा उच्च राख्नुस् । अत्याधिक पिरा वा गुलिया खानाले शरीरलाई हानी गर्छन् । ताजा तरकारी, काजु किसमिस, ओखर जस्ता सुकेका मेवा फल शरीरका लागि अत्यन्तै लाभदायक हुन्छन् । त्यसैगरी नुहाइ धुवाइ र सरसफाइ पनि महत्वपू्ण हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com