Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

  • ३ वर्ष अगाडि

राजेन्द्रप्रसाद पनेरु। कञ्चनपुर, ११ फागुन। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन ।

घरमा गोबरग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाउनुभएको छ । पहिला जस्तो उहाँमा श्वासप्रश्वासको समस्या छैन । “दाउरा चुलोमा बाल्दा आउने धुवाँका कारण खोकी लाग्ने समस्या थियो”, उहाँले भन्नुभयो, “हाल गोबरग्यास प्लान्ट जडानसँगै खोकीको समस्याबाट छुटकारा पाइएको छ ।

गोबरग्यास जडान भएपछि दाउरा ल्याउने समय उहाँले तरकारी खेतीका लागि छुट्याउनुभएको छ । उहाँले खेतमै लगाइएको तरकारी खेतीको गोडमेल गर्ने, बेर्ना रोप्ने, तरकारी बजारमा पु¥याएर बेच्ने कार्य गर्दै आउनुभएको छ ।

“गोबरग्यासले जडानसँगै समयको बचत भयो, गोबरग्यासबाट निस्कने ग्यासले खाना बनाउछौँ, ट्याङ्कीबाट निस्कने गोबरको लेदोलाई खेतबारीमा हाल्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले खेतबारीमा लगाएको तरकारी सप्रिएको छ, उत्पादन बढ्दो छ, तरकारी बिक्री गरेर घर खर्च सहजरुपमा चल्न थालेको छ ।”

गोबरग्यास प्लान्ट घरमा जडान भएसँगै उहाँ जस्तै सावित्री चौधरीको आम्दानी बढेको छ । “दाउराकै लागि वन क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “वन क्षेत्रमा वन रक्षाको आँखा छिचोल्दै दाउरा ल्याउनु पर्दथ्यो, घरमै गुइँठा तयार गर्नु पर्दथ्यो, समय निकै लाग्दथ्यो, घरका महिलाले ती कार्य गर्न पूरै दिन खर्चिनु पर्दथ्यो, अब त्यो विगत भइसक्यो, गोबरग्यास जडानसँगै दाउरा र गुइँठाको समस्या हल भएको छ ।”

घरमा पालिएका बस्तुभाउको गोबर गोबरग्यास प्लान्टमा राखेपछि आउने ग्यास बालेर बिहानको नास्तादेखि दिउँसो र साँझको खाना पाक्ने गरेको उहाँले बताउनुभयो । दाउरा ल्याउने समय हाल खेतबारीमा बिताउने गरेको उहाँको भनाइ छ । खेतबारीमा तरकारी उत्पादन गरी वर्षमा रु तीन लाखदेखि रु पाँच लाखसम्म उहाँले आम्दानी गर्दै आउनुभएको छ ।

पीपलाडी गाउँका ६० प्रतिशत घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ । गोबरग्यास प्लान्ट निर्माणका लागि नगरपालिकाको ऊर्जा शाखाले विगत चार वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकको ऊर्जा शाखाका स्रोत व्यक्ति सुरेन्द्रदेव भट्टका अनुसार आव २०७५÷७६ मा ३२, आव २०७६÷७७ मा १६, आव २०७७÷७८ मा १८ र आव २०७८÷७९ मा १४ गरी ८० गोबरग्यास प्लान्ट जडान गरिएका छन् ।

आव २०७५÷७६ मा गोबरग्यास प्लान्ट जडानका लागि प्रतिप्लान्ट रु १४ हजार चार सयका दरले आव २०७६÷७७ मा रु २८ हजारका दरले, आव २०७७÷७८ मा रु ३० हजारका दरले र आव २०७८÷७९ मा रु २६ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

“गोबरग्यास प्लान्ट जडानसँगै शौचालय निर्माणका लागि अनुदान रकम उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले उपलब्ध गराएको रकमले पूरै प्लान्ट जडान गर्नका लागि नपुग्ने भएकाले केही रकम अनुदान प्राप्त गर्ने लाभग्राही र केही रकम निर्माण गर्ने कम्पनीले व्यहोर्ने गरी सम्झौता गरी गोबरग्यास प्लान्ट निर्माणको काम भइरहेको छ ।”

चालू आवका लागि गोबरग्यास प्लान्ट जडानका लागि लाभग्राही छनोटको काम भइरहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाका कूल १० हजार चार सय ५८ घरधुरीमध्ये दुई हजार ९१ घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ । कूल २० प्रतिशत घरघुरीले गोरग्यास प्लान्ट जडान गरेका छन् । अझै पनि ५० प्रतिशत घरमा परम्परागत ऊर्जामा आधारित चुलोको प्रयोग भइरहेको छ ।

परम्परागत चुलो प्रयोग गर्नेले इन्धनका रुपमा दाउराका प्रयोग गर्दै आएका छन् । तीस प्रतिशत परिवारले एलपी ग्यास सिलिन्डरलाई खाना बनाउनका लागि प्रयोगमा ल्याएका छन् । नगर क्षेत्रमा बसोबास गर्ने केही परिवारलाई गोबरग्यास प्लान्ट जडानकै लागि सामुदायिक वनले पनि अनुदान रकम उपलब्ध गराउँदै आएका छन् ।

नगर उपप्रमुख कल्पना जोशी पन्तले नगरपालिकालाई आगामी पाँच वर्षभित्र घरघरमा धुवाँरहित चुल्हो र बायोग्यास प्लान्ट जडान गरी वातावरणमैत्री नगरपालिकाका रुपमा चिनाउन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

“बायोग्यास तथा सौर्य बत्ती जडान गर्दा अतिविपन्न, एकल महिलासँगै सिमान्तकृत वर्गका लागि शतप्रतिशत अनुदानको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “आवश्यक अनुदान रकमका लागि दातृ निकायसँग समन्वय गर्ने काम भइरहेको छ ।”

उहाँका अनुसार गोबरग्यास प्लान्ट जडानसँगै नगरपालिकाका–१ देखि १२ सम्मका बासिन्दालाई सुधारिएको र विद्युतीय चुल्हो वितरणको काम हँुदै आएको छ । चार वर्षको अवधिमा पाँच सय थान सुधारिएको फलामे चुल्हो, विद्युतीय इन्डक्सन एक सय २८ थान चुलो वितरणको गरिएको छ । नगरपालिकाका ४२ स्थानमा सौर्य बत्ती र सेन्सरयुक्त बत्ती जडानको काम गरिएको छ ।

“बायोग्यास खाना पकाउने स्वच्छ इन्धनका रुपमा रहेको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भन्नुभयो, “गरिबी न्यूनीकरण गर्ने कामसँगै जलवायु परिवर्तनमा हुने प्रभाव कम गर्न यसले सघाउ हुन्छ, वन जङ्गल विनाश हुनबाट जोगाउँछ ।”

परम्परागत ऊर्जाका स्रोतका रुपमा रहेका दाउरा, गुइँठाको प्रयोगले पर्यावरणीय प्रभाव मात्रै नभएर यसले गृहणीको स्वास्थ्य र समयलाई पनि नोक्सान पु¥याइरहेकाले परम्परागत ऊर्जालाई कम गर्दै लैजाने नीति नगरपालिकाले अघि सारेको उहाँले उल्लेख गर्नुभयो ।

“समुदायमा नवीकरणीय ऊर्जासम्बन्धी जनचेतनाको कमीले गर्दा वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगभन्दा परम्परागत तरिकाबाट ऊर्जाको प्रयोग गर्ने बढी छन्, त्यसलाई निरुत्साहित गर्न अनुदानका कार्यक्रमसँगै जनचेतनासम्बन्धी कार्यक्रममा जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

आज देशभर माघे सक्रान्ति मनाइदै

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

मकै बेचेरै जीविकोपार्जन

गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com