Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

  • नेपाल सञ्चार
  • १ घण्टा अगाडि

बागलृुङ , १० बैशाख । नेपाल सरकारले सरकारी संचार माध्यमलाई मात्रै विज्ञापन प्रकाशन प्रसारण गर्न दिने भनि गरेको निर्णयलाई सच्याउन माग राख्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्र्रधानमन्त्रीलाइ ज्ञापनपज्ञ बुझाएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले नेपाल सरकारलाइ पठाउने प्रतिवद्दता व्यक्त गरे । सरकारले गरेको निर्णय निजि मिडियालाई प्रभाव परेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयबाट विसं २०८२ चैत १८ गते संघीय सरकारका सबै निकाय, प्रदेश सरकार र स्थानीय तहहरुलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन÷प्रसारण गर्न जारी गरिएको परिपत्र र त्यसमा उल्लेखित विषयवस्तुप्रति नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले दुःख र आपत्ति प्रकट गर्दै ज्ञापनपत्र बुझाएको हो ।

लामो समयदेखि आर्थिक जर्जरताबाट गुज्रिरहेको नेपाली सञ्चार क्षेत्र सरकारको उक्त निर्णयबाट थप संकटमा पर्ने निश्चित छ । यसको सिधा असर जिल्ला र स्थानीय तहस्तरबाट सञ्चालित मझौला, साना र स्वरोजगारमूलक सञ्चारमाध्यममासमेत परिरहेको छ ।

निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने निर्णयले सञ्चारमाध्यमको दिगोपना र सबलीकरणमा गम्भीर प्रश्न उब्जाएको छ । अर्कातर्फ श्रमजीवी पत्रकारले नियमित पारिश्रमिकलगायत सेवासुविधाबाटसमेत बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताए ।

सरकारको उक्त निर्णयले संविधानप्रदत्त समान हक र खुला प्रतिस्पर्धाको सिद्धान्तलाईसमेत निषेध गरेको छ । तसर्थ सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमालाई मात्र दिने निर्णय फिर्ता लिई सबै सञ्चारमाध्यमलाई समान रुपमा राज्यको सुविधा र स्रोतसाधन उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको गरिएको नेपाल पत्रकार महासंघ बागलुङले जनाएको छ ।

महासंघको केन्द्रिय निर्णय अनुसार आज देशव्यापी रुपमा महासंघका शाखाहरुले ज्ञापनपत्र वुझाउने कार्यक्रम गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com