बागलुङ , ८ चैत्र । चैत्राष्टमी मेला २०८२ मा ४३ लाख खर्छ भएको छ । गत चैत्र १० गते देखि १४ गते सम्म सञ्चालन भएको मेलामा ४३ लाख खर्च भएको बागलुङ भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
खर्च तर्फ राष्ट्रिय कलाकारमा ९ लाख ९० हजार, कालिका कप पुरुष तथा महिला भलिबलमा रु.७ लाख ५० हजार रुपैयाँ, साउन्ड सिस्टममा २ लाख ५० हजार रुपैयाँ, खाना तथा खाजामा १ लाख ४५ हजार १ सय, अतिथि सत्कारमा ५ लाख ५१ हजार रुपैयाँ, यातायात खर्च ७७ हजार रुपैयाँ लगायत विभिन्न शीर्षकमा गरी रु. ४३ लाख ८३ हजार ४२४ रकम खर्च भएको छ ।
सबै रकम संकलन भएमा मेलाबाट रु.७ लाख रकम बचत भएको छभने आयतर्फ कालिका भगवती मन्दिरबाट २० लाख, रमाइलो मेलाबाट १० लाख, प्रायोजकबाट रु.५ लाख ५४ हजार, सहयोगी संस्थाबाट रु.३ लाख ४३ हजार ५४ तथा स्टलबाट एक लाख ७० हजार र दर्ता शु:ल्क बापत एक लाख ७ हजार गरी रु. ४५ लाख १५ हजार रकम संकलन भइसकेको छ भने मेलामा बोल रकम रु.६ लाख ५० हजार उठ्न भने बाँकी रहेको समितिले जनाएको छ ।
रमाइलो मेलाबाट रु.तीन लाख र अन्य सहयोगवापतको रकम तीन लाख ५० हजार उठ्न बाँकी रहेको बागलुङ भगवती गुठि व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।










