Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

  • सुवास आचार्य
  • १ मिनेट अगाडि

बागलुङ  ,९  वैशाख । बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच बागलुङ जिल्लाको समृद्धिका लागि पर्यटन, कृषि र व्यावसायिक क्षेत्रमा काम गर्ने साझा सम्झौता गरिएको छ।

विश्वभरी छरिएर रहेका बागलुङ मुलघर भएका नेपालीहरुको साझा संस्था अन्तर्राष्ट्रीय बागलुङ सेवा समाजको बागलुङ उद्योग वाणिज्य संघको भवनमा समन्वय कार्यालय स्थापना गरिएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ समाज अध्यक्ष गंगा शर्मा, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, गण्डकी प्रदेश अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य लगाएत संघका पदाधिकारी सदस्यको उपस्थितिमा समन्वय कार्यलय स्थापना गरिएको हो ।

बागलुङ जिल्लाको समृद्धिका लागि पर्यटन, कृषि र व्यावसायिक क्षेत्रमा काम गर्ने गरि अन्तर्राष्ट्रिय बागलुङ समाज र बागलुङ उद्योग वाणिज्य संघ विच ८ बुँदे साझा सम्झौता गरिएको संघका महासचिव इन्द्रमणि पौडेल अर्जुनले जानकारी दिनु भयो ।

समाज र संघको सयुक्त पहलमा बागलुङ जिल्लाका १० पालिकामा कृषि, वन, लघुउद्यम, उद्योग पर्यटन, जलस्रोत लगायतका विभिन्न विषय समावेश गरी प्रत्येक पालिकामा दश आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्न विशेषज्ञ सहितको अध्ययन समिति गठन गरीरे भएको छ ।

जिल्लाका युवा, महिला उद्यमी, एवं नागरिकहरुको भेला गरी वित्तीय साक्षरता एवं उद्योग व्यापार सम्बन्धी परामर्श उपलब्ध गराइने न्यूनतम एक सय वटा व्यवसायिक योजनाको विस्तृत प्रतिवेदन तयार पार्दा लाग्ने प्राविधिक तथा आर्थिक पक्षमा दुवै संस्थाको साझेदारी रहने गरि साझा सम्झौता गरिएको अन्तर्राष्ट्रिय बागलुङ समाज अध्यक्षमा गंगा शर्माले बताउनुभयो ।

योजनाहरुको विस्तृत प्रतिवेदन तयार भईसकेपछि स्थानीय, प्रदेश, र संघीय सरकारका सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा लगानीकर्ताहरुको भेला गरिनेछ जनाइएको छ ।

सम्झौताको उद्देश्य अनुसार काम गर्नको लागि सरकारी निकाय, निजी तथा व्यावसायिक फर्महरु वित्तीय संघ संस्था, देश विदेशमा रहेका विभिन्न समाजहरु, प्राविधिक विज्ञ एवं व्यक्तिहरुसँग सहयोग माग्ने जिल्लाको समग्र विकासका लागि आवश्यकता अनुसार छलफल गरी सहकार्य गरिने भएको छ ।

प्राकृतिक विपद्, महामारी लगायतका समस्याहरुमा आवश्यकताका आधारमा सहकार्य गरी परोपकारी कार्यहरु गरिनेछ र जिल्लाका स्थानीय उत्पादनहरुको ब्रान्डिङ सहित विक्री वितरण गर्नका लागि संघले स्थापना गरेको बागलुङ कोसेली घरको लागि आर्थिक सहयोग एवं बजारीकरणमा समाजले सहयोग गर्ने सहमति गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

ताजा समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com